
काठमाडौँ, १५ चैत(ओएनएस) : काडमाडौँमा तीब्र गतिको हावाहुरी चलेको छ । यसबाट जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गमला, होर्डिङबोर्ड र अन्य सामानहरु खसेका छन् । विद्यालयको विदा हुने समय परेकाले अभिभावकलाई चिन्तित तुल्याएको छ ।
ठाउँठाउँमा सडक विस्तार र स्तरोन्नतिका लागि खनिएका सडकका कारण राजधानीको आकासमा धुलोको मुस्लो मडारिएको छ । सडक अँध्यारो भएको छ । कार्यालय र विद्यालयबाट घर फर्किनेहरु बीच बाटैमा अभर परेका छन् ।
काठमाडौँको तापक्रम २३ डिग्री सेन्टिग्रेड रहेको छ । ३५ किलोमिटर प्रतिघन्टाका दरले उत्तरी र उत्तर–पश्चिम क्षेत्रबाट दक्षिण र दक्षिणपूर्वी दिशामा हावा बहेको वैज्ञानिकहरुले बताएका छन् । क्षतिसम्बन्धी विवरण आइसकेको छैन ।
वैज्ञानिक समीरणमणि दीक्षितका अनुसार, पश्चिमबाट बहेको हावाले बादललाई पनि सँगसँगै धकेलेर ल्याउँदै छ । पानी पर्ने सम्भावना कायमै छ ।
त्रिचन्द्र अगाडि रुख ढलेको जानकारी महानगरीय प्रहरीले दिएको छ । मोटरसाइकलमा सवार दुई जना घाइते भएको र उनीहरुको भइरहेको प्रहरीले जनाएको छ । अन्य घटनाहरूमा समेत गरी सात जना घाइते भएको विवरण प्रहरीबाट प्राप्त भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु हावाहुरीका कारण प्रभावित भएका छन् ।
[box type=”shadow” ]
Temp 23C, Winds from N/NW, at over 35 kmph even now. Strong cloud system following. Rain chance is there. #kathmandu
— समीरमणि दीक्षित (@smadixit) March 28, 2016
[/box]