अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश

177
  •  
  •  
  •  

अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज विहान भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा ४ २ ले पराजित गर्दै अर्जेन्टिना फाइन्लमा प्रवेश गरेको हो । उसको भिडन्त अब जर्मनीसँगको हुनेछ । जर्मनी घरेलु टोली ब्राजिललाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुबै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो, । अजेन्टिनाका गोलरक्षक रोमेरोको उत्कृष्ट रक्षाले अर्जेन्टिना विजयी भएको हो ।

2402812_big-lndनेदरल्याण्ड्सको पेनाल्टी सुटआउट उत्कृष्ट बचाउ गर्दै अजेन्टिनाका गोलरक्षक रोमेरो

गोलकिपर सर्जियो रोमेरोले उत्कृष्ट दुई बचाउ गरेपछि अर्जेन्टिना पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएको हो । दुईपल्टको विश्वकप विजेता अर्जेन्टिनाका चारै प्रहारले भने जाली चुम्यो । अर्जेन्टिना अहिलेसम्म ५ पल्ट विश्वकपको सेमिफाइनल पुगेको छ र ती सबै अवसरमा उसले फाइनल यात्रा तय गरेको छ ।

2402822_big-lnd

 

2402805_big-lnd


  •  
  •  
  •