संविधान निर्माणमा सहमति खोज्न मधेशवादी दलहरुसँग वार्ता हुने

243
  •  
  •  
  •  

काठमाडौं, २५ जेठ (ओएनएस) : संविधान निर्माणमा देखिएका विवादका विषयमा संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले सोमबारबाट मधेशवादी दलहरुसँग वार्ता गर्ने भएको छ । समिति अन्तर्गत नरहरी आचार्यको संयोजकत्वमा गठित वार्ता उपसमितिको आइतबार बसेको बैठकले संविधानसभा भित्र रहेका दलहरुसँग वार्ता गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताहरुसहित बसेको उपसमितिको बैठकले संविधानका अन्तरवस्र्तुमा सहमति जुटाउन वार्ता प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । वार्ताको जिम्मा उपसमिति सदसय तथा कांग्रेस नेता आनन्दप्रसाद ढुंगानालाई दिइएको छ । सोमबारै मधेशवादी दलसँग वार्ताका लागि समय तय गरिएको ढुंगानाले जानकारी दिए । हाललाई उपसमितिले संविधानसभा भित्र रहेका दलहरुसँगमात्र वार्ता गर्ने निर्णय गरेको हो ।

संविधाननिर्माणको पारित कार्यतालिकामा प्रभाव नपर्ने गरी वार्ताबाट सहमतिको प्रयास गरिने संयोजक आचार्यले जानकारी दिए । उनले मधेशवादी दलहरुसँगको वार्तापछि अन्य सरोकारवाला पक्षसँग पनि वार्ता गरिने बताए ।
राज्यको पुनर्संरचना संविधान निर्माणका क्रममा सबैभन्दा बढि विवादित देखिएको छ । त्यस्तै शासकीय स्वरुप, न्यायप्रणालीलगायतका विषयमा दलहरुमा विवाद छ ।


  •  
  •  
  •