इजरायली गृहमन्त्रीकी पत्नीले उडाइन् बाराक ओबामाको मजाक

146
  •  
  •  
  •  

israeli minister wide judiकाठमाडौ, ७ असार(एजेन्सी) : इजरायलकी गृहमन्त्री सिल्भन शेलमकी पत्नीले अमेरिकी राष्ट्रपति बाराक ओबामामाथि गरेको मजाकका कारण विवादमा फसेकी छिन् । जूडी सेलमले नीर-मोजेसले ट्वीटरमा बाराक ओबामामाथि टिप्पणी गरेकी थिइन् । पछि उनले उक्त ट्वीट डिलिट गरिन् ।

उनको ट्वीटरमा ७४ हजार ४ सय फलोअर छन् । उनले ट्वीट गरेकी थिइन, ‘के तपाईलाई थाहा छ की ओबामाको कफी कस्तो छ ? यो कालो र कमजोर छ ?’

जूडीले ट्वीट गरेको केहीबेरमा नै ट्वीटर प्रयोगकर्ताले उनलाई नस्लीय टिप्पणी गरेको आरोप लगाए र उनको आलोचना गरेका थिए । जूडी ने केहीबेरमा नै उक्त ट्वीट डिलिट गरेर माफी मागिन् ।

ट्वीटरमा उनले लेखेकी छिन्, ‘म यो वाहियात जोकका लागि माफी माग्छु । कोही अर्कै व्यक्तिले मलाई यो जोक सुनाएका थिए ।’

उनले थपिन्, ‘राष्ट्रपति ओबामा, मलाई तपाईको बारेमा यस्तो टिप्पणी गर्नु हुँदैनथ्यो । मलाई ती मानिस मन पर्छन् जसले आफ्नो नस्ल र धर्मको बारेमा धेरै सोच्दैनन् ।’

उनले लेखिन्, ‘यदी कसैको मन दुखेको भए म माफी माग्छु । मलाई थाहा छ की जब मेरो पतिले मेरो यस कार्यको बारेमा थाहा हुनेछ, त्यसपछि उनी मलाई पारपाचुके दिनेछैनन् ।’

जूडीका पति इजरायलका गृहमन्त्री शेलम प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीका सदस्य हुन्छ । उनी अमेरिकाका लागि कुटनीतिक सम्बन्धका मन्त्री पनि हुन् ।


  •  
  •  
  •