बञ्चरो प्रहार गरि श्रीमतीको हत्या

285
  •  
  •  
  •  

mapgorkha_map-1396412829गोखरा, ६ पुस (ओएनएस) : बञ्चरोले हानेर गोखराका एक युवाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गोखराको छोप्राक–७ का चेतबहादुर भुजेलले घरमा सुतीरहेकी आफ्नी श्रीमतीको आइतबार विहान हत्या गरेका हुन् ।

बिहान सुतीरहेकी २२ बर्षिया सुनितालाई चेतबाहदुरले बञ्चरोले प्रहार गरेको गोखरा प्रहरीले पुष्टि गरेको छ । सुनीताको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले के कारणले हत्या गरिएको हो भन्ने बिषयम अनुसन्धान भैरहेको जनाएको छ । हत्याका आरोपी चेतबहादुरलाई प्रहरीले नियन्त्रण लिएको छ ।


  •  
  •  
  •