पतिको चितामा हामफालेर पत्नीले त्यागिन् प्राण

948
  •  
  •  
  •  

satiकाठमाडौ, २८ मंसिर(एजेन्सी) : बिहारमा एक पत्नीले आफ्नो पतिको जलिरहेको चितामा हामफालेर प्रण त्याग गरेकी छिन् । बिहारको परमिनियाँ गाऊँका ७५ वर्षीय रामरचित मण्डलको बिरामी भएपछि शनिबार मृत्यु भएको थियो ।

रामरचितको दाहसंस्कार गरेर घरका परिवार घर फर्कँदा उनीहरूले रामरचितकी पत्नी गहवादेवीले देखेनन् र फेकेर चिता जलाएको ठाऊँमा पुग्दा गहवादेवीको जलेर मृत्यु भइसकेको थियो ।

गहवादेवीका आफन्तले उनले पतिको मृत्यु सहन नसक्दा पतिकै चितामा हामफालेर ज्यान दिएको बताएका छन् । परिवारका सदस्यहरूका अनुसार गहवा देवी आफ्नो पतिलाई निकै प्रेम गर्थिन् र कुराकानीका क्रममा पनि उनले पतिकै चितामा जलेर मर्ने बताउँथिन् ।


  •  
  •  
  •