६ लाखको गहना लिएर श्रीमती अर्कैसँग टाप

92
  •  
  •  
  •  

सिरहा, ८ माघ(ओएनएस) : सिरहाकी एक महिलाले श्रीमानको घरबाट ६ लाखभन्दा बढीको गरगहना लिएर अर्को केटासँग भागेकी छिन् ।

सिरहाको दक्षिणवर्ती गाविस हकपाडा-३ का जयराम यादवकी २० वर्षीया श्रीमती सुचिताकुमारी यादवले घरमा भएको सबै गरगहना लिएर सोही गाविस वडा नं ३ का सन्तोष यादवसँग भागेकी हुन् । जयरामको परिवारले जनाए अनुसार सुचिता घरमा रहेको करिब ६ लाखको गरगहना र ८१ हजार नगद लिएर सन्तोषसँग भागेकी छिन् ।

सबै गरगहना लिएर श्रीमती फरार भएपछि आफू समस्यामा परेको पीडित जयरामले बताएका छन् । जयरामले अर्को केटासँग भाग्नुको कारणबारे आफूलाई केही थाहा नभएको बताएका छन् ।

सुचिता यसअघि पनि पुषमा आफ्नो भाईलाई भेट्न जाने निहुँले बेपत्ता भएको र जनकपुरबाट फिर्ता ल्याएको जयरामको भनाई छ । तर, सुचिता पुन माघ २ गते गरगहना र नगद लिएर भागेको भएको जयरामले जानकारी दिए ।

महदेवा पोर्ताहा गाविस–३ माइत भएकी सुजिताको विवाह जयरामसँग गत वर्ष माघ २० मा भएको थियो ।


  •  
  •  
  •