वाइडबडी प्रकरणमा रवीन्द्र निर्दोष भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति अनुपयुक्त : डा. कोइराला

357
  •  
  •  
  •  

पोखरा, २५ फागुन(ओनएनएस) : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी वाइडबडी खरिद प्रकरणमा निर्दोष भएको प्रधानमन्त्रीको अभिव्यक्ति अनुपयुक्त भएको बताएका छन्।

प्रजातन्त्रवादी प्राध्यापक संघ गण्डकी प्रदेशले पोखरामा गरेको कार्यक्रममा कोइरालाले भने, ‘रवीन्द्र अधिकारीको अन्त्यष्टि नसकिँदै उनी निर्दोष भनेर फैसला गर्ने प्रधानमन्त्री के न्यायाधीश हुनुहुन्छ ? त्यो अधिकार उहाँलाई कसले दियो ?’

वाइडबडी, बूडीगण्डकी अथवा एनसेल प्रकरणमा ठूला नेता नै दोषी भए पनि कानूनी कठघरामा ल्याउनुपर्ने उनको जोड थियो ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, ‘पदमा बसेको जथाभावी जे मन लाग्यो बोल्दै हिँड्न मिल्दैन ।’
‘समसामयिक राजनीतिमा देखापरेका जटिलता र निराकारणका उपाय’ विषयक अन्तरक्रियामा कोइरालाले समयमै पार्टीको १४ औं महाअधिवेशन गर्नुपर्ने बताए ।

उनले भने, ‘महाधिवेशन गर्न जति ढिला र्गयो त्यति पार्टी कमजोर हुन्छ ।’
अन्तक्र्रियामा केन्द्रीय सदस्य गुरुराज घिमिरेले विधानअनुसार हिँड्न नसकेका कारण पार्टी संकटमा परेको बताए ।
घिमिरेले ३२ वर्षे उमेर हद लगाएर नेविसंघको केन्द्रीय समिति गठन गर्नुपर्ने बताए ।


  •  
  •  
  •