काठमाडौं, १९ साउन (ओएनएस) : नेपाललाई भारत–चीनबीचको गतिशील पुल बनाउने पुरानो प्रस्ताव एकीकृत माओवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दोहो¥याएको छ । माओवादी नेतृत्वको सरकारको पालामा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई भारत–चीनबीचको गतिशील पुल बनाउन प्रस्ताव गरेका थिए ।
दाहालको सो प्रस्तावलार्इ कांग्रेस आर्इ नेतृत्वको भारतीय सरकारले त्यस्तो बेला नभएको भन्दै अस्वीकार गरेको थियो । दाहाल ‘ओभरस्मार्ट’ बनेर चीनसँगको प्रसंग जोडेको भन्दै भारतीय संस्थापनले एमाओवादी प्रस्तावलाइ अस्वीकार गरेको थियो ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि भएको चीन भ्रमणमा पनि माओवादी अध्यक्ष प्रचण्डले पूर्ब चीनीया राष्टपति हु जिन्ताओसंग सोही प्रस्ताव राखेका थिए । विश्व अर्थतन्त्रका उदीयमान दुइ राष्टको बीच पुल बन्ने प्रचण्डको प्रस्ताव ‘आलोकाचो’ भन्दै चीनले समेत अस्वीकार गरेको थियो ।
भारतमा राजनीतिक परिवर्तनसंगै प्रचण्डले पुरानो प्रस्ताव व्युताएका छन् । नेपालको संसदमा संवोधनगर्दा मोदीले दक्षिण एसियाको गरिवी हटाउने कबुरा गरेपनि चीन र भारतको प्रसंग कतैपनि उक्काएका थिएनन् ।
मोदीसँग भएको भेटपछि वरिष्ठ नेता डा बाबुराम भट्टराइले भने, ‘हामी दुई देशबीचको सम्बन्धलाई राम्रो बनाउन चाहन्छौं भन्ने कुरा भारतीय प्रधानमन्त्रीसँग राखेका छौं । नेपाललाई भारत–चीनबीचको गतिशील पुल बनाउन चाहन्छौं ।’
विश्वबजारमा प्रतिष्पर्धा गरिरहेका दुर्इ उदीयमान राष्ट्रबीच गतिशिल पुल बन्ने एमाओवादी प्रस्तावलार्इ भारतीयहरुले यसपटक पनि हल्का रुपमा लिएका हुन सक्छन् । किनभने तेस्रो दलको रुपमा खुम्चिएको एमाओवादीको प्रस्ताव सिंगो मुलुकलार्इ प्रतिनिधित्व गर्ने खालको पनि होइन ।