प्रचण्डले किन छाडे ओलीको साथ ? यी हुन् आठ कारण

318
  •  
  •  
  •  

काठमाडौँ, २३ बैशाख(ओएनएस) : ओली सरकार बनाउँदा संसद बैठकमा प्रचण्डले सुशील कोइरालातिर फर्केर प्रश्न गरेका थिए, जंगबहादुर बन्ने कि भीमसेन थापा ? मातृका बन्ने कि बीपी ? उनको संकेत भारतीय इशारामा बग्ने कि आफ्नो स्वविवेकले निर्णय गर्ने भन्ने थियो । अन्ततः प्रचण्डले स्वविेकले बनाएको भनेको सरकार आफ्नै अग्रसरतामा ढाल्ने तरखर गरेका छन् । प्रचण्डले एकाएक किन ओलीको साथ छाडे त ?

१. द्वन्द्वकालीन मुद्दामार्फत् भारतको दबाब
BJP and Modiभारतले जेनेभादेखि लन्डन र ब्रसेल्ससम्म नेपालको संविधान र मानव अधिकारको विषयमा कुरा उठायो । द्वन्द्वाकालीन मानव अधिकरा हननका मुद्दा उठाउने चेतावनी भारतले अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहेका कारण प्रचण्ड लगायत धेरै एमाओवादी नेता–कार्यकर्तामा त्रास उत्पन्न भयो । आफ्नो सुरक्षाका लागि ओलीको साथ छाड्नुपर्ने थियो, छाडे ।

२. देउवा र प्रचण्डको एउटै भय
द्वन्द्वकालीन मुद्दाहरू एमाओवादीको मात्रै भयको विषय हो भनेर बुझ्नु गलत हुनेछ । जति एमाओवादी प्रचण्डमा यसबारे भय छ, त्यति नै शेरबहादुर देउवामा छ । भारतीय पक्षबाट खुला रुपमा देउवामाथि प्रहार नभए पनि भित्रभित्रै चेतावनी sher bahadur deubaभने दिइएको विभिन्न स्रोतहरू बताउँछन् । द्वन्द्वकालीन मुद्दा र संक्रमणकालीन न्यायको मुद्दामा एक ठाउँमा उभिनुपर्ने तर्कमा देउवा पक्षीय नेताहरुले प्रचण्डलाई मनाए ।

३. देउवा र महराको दिल्ली दौडाहा
krishna bd maharaजतिखेर शेरबहादुर देउवा पत्नी आरजू राणा देउवाको उपचारका नाममा नयाँ दिल्लीमा बसेका थिए । त्यही अवधिमा एकाएक एमाओवादी नेता कृष्णबहादुर महरा पनि दिल्ली गएर बसे । दिल्लीले सुरुमा प्रचण्डलाई निम्तो दिए पनि त्यसबाट शंका उत्पन्न हुने ठानेर उनले आफ्नो दूतका रुपमा महरालाई पठाएका थिए । त्यहाँ विभिन्न चरणमा भारतीय नेता तथा सुरक्षा एजेन्सीका अधिकारीको मध्यस्थतामा देउवा र महराबीच कुराकानी भएको बुझिएको छ ।

४. पदमा भए मात्र सुरक्षित भइने प्रचण्डको सोचPuspakamal Dahal prachanda
आफ्नो सुुरक्षाका लागि पदमै हुनुपर्छ भन्ने प्रचण्डको धारणा पहिल्यैदेखि कुनै न कुनै रुपमा व्यक्त हुँदै आएको छ । यसअघि उच्चस्तरीय राजनीतिक समितिको संयोजकको जिम्मेवारी पाए पनि त्यो कार्यकारी प्रकृतिको थिएन । प्रधानमन्त्री नै पाउने भएपछि उनी मान्न तयार भए । यसअघि पटकपटक उनलाई प्रधानमन्त्रीको अफर गर्दै ओली सरकार ढाल्न भारतीय पक्षबाट आएका दबाब अस्वीकार पनि गरेका हुन् । तत्काल ओली सरकार ढाल्ने र पछि गएर कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउन सक्ने भन्दै उनी पन्छिएका थिए । यो विकल्प अद्यापि पूर्णतः सम्भावनाबाहिर छैन । तैपनि, प्रचण्डले विश्वसनीय आधार फेला पारेको हुन सक्छ ।

५. पार्टीभित्रको असन्तुष्टि
narayankajishres_20140829050623एमाओवादी सरकारमा दोस्रो ठूलो अंशियार भइकन पनि ठूलै भाग पाइरहेको अवस्थामा पार्टीभित्रका धेरै प्रभावशाली नेता असन्तुष्ट थिए । नारायणकाजी श्रेष्ठ सुरुकै दिनदेखि यो सरकारको विरुद्धमा वकालत गर्दै आएका हुन् । महराको मुखैमा पुगेको गृह तथा उपप्रधानमन्त्रीको पद रातारात भएका खेलबाट खोसिएको थियो । जनाद्र्धन शर्मा सार्वजनिक लेखा समितिको सभापतिमै सीमित हुँदा असन्तुष्ट नै छन् । राष्ट्रपतिजस्तो पद पनि एमालेलाई दिएको आरोप समेत प्रचण्डले खेपेकै हुन् । ओलीका प्रवक्ता, ओलीका सहयोगी भएको आरोप प्रचण्डले खेप्दै आएका थिए । यति मात्र होइन, राष्ट्रवादका नाममा ओलीको देवत्वकरण गरेर आफ्नो पार्टीलाई छायाँमा पारेको आरोप समेत एमाओवादीका असन्तुष्ट नेताहरुले प्रचण्डमाथि लगाउने गरेका थिए । यी सबैको गठजोडबाट प्रचण्ड पछि हट्न बाध्य भए ।

६. सबैभन्दा सहज हतियार प्रचण्ड
नाकाबन्दीमा लिएको अडान, भारत भ्रमणका क्रममा नेपालको संविधान अपूर्ण र असमान रहेको कुरा संयुक्त वक्तव्यमा राख्न अस्वीकार र चीनसँगका समझदारीका कारण दक्षिणी छिमेकी ओली सरकार जसरी पनि ढाल्ने योजनामा धेरै विकल्पहरुका साथ अगाडि बढेको कुरा नेपालकै विभिन्न दल, सुरक्षा संयन्त्र र नागरिक समाजका अगुवा भनिनेहरुबाट समेत अभिव्यक्त भएकै हुन् । यही बीचमा पत्रकार, पूर्वसरकार प्रमुख, नेता, नागरिक अगुवा भनिनेहरुका धेरैवटा प्रतिनिधिभण्डल भारत भ्रमणमा पनि गए । तर, सबैभन्दा सजिलो विकल्प प्रचण्ड बने ।

७. पार्टी विभाजनको खतरा
जसरी पनि ओली सरकार ढाल्ने रणनीतिअन्तर्गत नै एमाओवादीभित्रको असन्तुष्टिमा खेलेर पार्टी टुक्र्याउने र कांग्रेस, मधेसवादी, राप्रपा अनि विभाजित एमाओवादी (कानुनी÷संवैधानिक कारणले असम्भव भए असन्तुष्ट सांसदहरुको समूह) लाई एक ठाउँमा ल्याउने योजना बनेको थियो । पार्टी टुक्रिने खतरा देखेपछि पनि प्रचण्ड ओलीको साथ छाड्ने निर्णयमा पुगे ।

८. कांग्रेसभित्रैको दबाब र मधेसवादीको उद्दार
khum-bahadur-khadka_83140_78212खुमबहादुर खड्का, सशांक कोइराला, सशांक कोइराला लगायत नेपाली कांग्रेसमा उदाएका र दक्षिणको संस्थापनप्रति (मूलतः बीजेपी) सँग सम्बन्ध र सहानुभूति राख्ने नेताहरूको यो सरकार जसरी पनि फेर्नुपर्ने र सरकारमा गइहाल्नुपर्ने दबाब देउवामाथि थियो । महाधिवेशनमा भएको अचाक्ली खर्च उठाउनकै लागि पनि सत्तामा गइहाल्नुपर्छ भन्ने कांग्रेस नेताहरूको जमात हरेक दिन बुढानीलकण्ठमा धर्ना दिन पुग्थ्यो । त्यसमाथि आन्दोलन विफल भएपछि मधेसी मोर्चाको दृष्टि पनि सिंहदरबारमा केन्द्रित भएको थियो । तर, ओली सरकारका किङ मेकर प्रचण्डलाई मनाउन भने उनकै सुरक्षा र पदको सुनिश्चितता आवश्यक थियो । सबैतिरबाट प्रचण्डलाई वचन प्राप्त भएपछि उनी हौसिए । ओली सरकारप्रतिको समर्थन नै फिर्ता नलिई पार्टीबाट निर्णय गराए– आफ्नै नेतृत्वमा सरकार बनाउने ।


  •  
  •  
  •