किन मिचे प्रधानमन्त्री कोइरालाले प्रोटोकल ?

328
  •  
  •  
  •  

काठमाडौ, १८ साउन(ओएनएस): नेपालको औपचारिक भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्री मोदीलाई स्वागत गरेका छन् । प्रधानमन्त्री कोइरालाले मोदीका लागि प्रोटोकल (मर्यादाक्रम) तोडेर स्वागत गरेका छन् ।

koirala
koirala

प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्ने क्रममा प्रोटोकल(मर्यादाक्रम) तोडेका हुन् । प्रधानमन्त्री कोइरालाले मोदीलाई स्वागत गर्नका लागि विगतदेखी मान्दै आइएको प्रोटोकल मिचेका हुन् । नेपालको परम्परा अनुसार कुनै पनि विदेशी नेता, तथा सरकार प्रमुख आउँदा आफ्ना समकक्षीभन्दा तल्लो तहका पदाधिकारीले स्वागत गर्न जाने प्रचलन छ तर, यो प्रचलनलाई १७ वर्षपछि नेपाल भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्रीको स्वागतका लागि प्रधानमन्त्री कोइरालाले प्रोटोकल तोडेका हुन् । यसरी उनले प्रधानमन्त्री मोदीलाई उच्च सम्मान गरेको मानिएको छ ।

मोदी दिल्लीबाट आउने क्रममा नेपाल सरकारले उनलाई गर्ड अफ अनर प्रदान गरेको छ । प्रधानमन्त्री कोइरालाको साथमा करीब १ सय जनाको शिष्टाचार मण्डल हुनेछ, जसमा वरिष्ठ मन्त्री, वरिष्ठ सरकारी अधिकारी, प्रमुख व्यापारी तथा पत्रकार हुनेछन् । नेपाल भ्रमणका क्रममा मोदीले नेपालका राष्ट्रपति रामवरण यादवसँग भेट गर्नेछन्, तथा कोइराला र सबै ठूला राजनीतिक दलका प्रतिनिधीहरूसँग पनि भेट गर्नेछन् । मोदीले भ्रमणको दोस्रो दिन अर्थात् १९ गते पशुपतिनाथको विषेश प्रार्थना गर्ने कार्यक्रम समेत तय भएको छ । मोदी एक चार्टर्ड विमानमार्फत आइतबार नेपाल आइपुगेका हुन् । उनका साथमा वरिष्ठ मन्त्री र उच्च सरकारी अधिकारी पनि आएका छन् ।


  •  
  •  
  •