नेपालको पक्षमा किन खुल्न सकेनन खनाल ?

155
  •  
  •  
  •  

भूवन क्षेत्री

काठमाडौं २१ जेठ (ओएनएस) : नवौ महाधिवेसनलाई लिएर नेकपा एमाले अहिले औपचारीक रुपमै दुईवटा गुटमा विभाजित छ । एउटा गुटले नेतृत्वका रुपमा बरिष्ठ नेता  माधवकुमार नेपाललाई र अर्को गुटले केपी शर्मा ओलीलाई अघि सारेको छ ।

बरिष्ठ नेता नेपाल पक्षले अध्यक्ष झलनाथ खनालको समर्थन आफुलाई अहिलेको दावी सहित उनकैै सर्मनमा नेपाललाई भावी अध्यक्षमा अघि सारेको सार्वजनिक गरेको छ । तर, अध्यक्ष खनाल अहिले नेपालको समर्थनमा खुल्न सकेका छैनन् ।

स्रोतका अनुसार ओली गुटका प्रभाविशाली नेता उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलसँगको गोप्य वार्तापछि खनाल बिचमा उभिने प्रयत्नमा छन् । उपाध्यक्ष गौतम र महासचिव पोखरेलले आबश्यक परे अध्यक्ष खनाललाई नै अध्यक्ष बनाउने सहमति गरेका छन् । नेता ओलीको स्वास्थ्यले साथ नदिए अन्तिम समयमा अध्यक्षमा खनालाई नै अघि सार्ने तर, ओली नै अध्यक्ष हुने अवस्था आए भावी राष्ट्रपति खनाललाई बनाउने गरि गौतम र पोखरेलले  वचन दिएको खनालपक्षका एक नेताले जानकारी दिए ।

खनालले आफु ओलीको पक्षमा लाग्न नसक्ने तर तटस्थ भूमिकामा रहने प्रतिवद्धता  जनाएका छन्  । शुक्रबार राती खनाल निवास डल्लुमा भएको भएको गोप्य वार्तामा गौतम र पोखरेलले ओलीको पक्षमा खुल्ने अवस्था नभएपनि नेपालको पक्षमा नलाग्न आग्रह गरेका थिए ।

शुक्रबारको वार्ता अनुसार खनाल नेपालको उम्मेदवारी घोषणा कार्यक्रममा सहभागि नभएको उनी निकटस्थ स्रोतको दावी छ । नेता ओली मंगलबार फर्किएपछि अध्यक्ष खनालसँग छलफल गर्ने तयारी छ । सोमबारको पत्रकार सम्मेलनमा पनि अध्यक्ष खनालसँगै सबै नेतारु ओली पक्षका थिए ।

अध्यक्ष खनालले भने एकतावद्ध महाधिवेस बनाउन हुने भएकाले आफु दुवै पक्षलाई मिलाएर लैजाने पक्षमा रहेको बताए ।

‘मेरो कसैसँग पनि कुनै सहमति गरेको छैन’ खनालले भने ‘म गुट उपगुटलाई हटाएर एकताको महाधिवेसन गर्ने पक्षमा छु त्यसमै मेरो अर्जुदृष्टि छ ।’ आइतबारको केन्द्रीय कमिटी बैठक खनालले दुइटै पक्षलाई नचिढाउने गरि अभिव्यक्ति दिएका थिए ।

ओली पक्ष खनालाई सकेसम्म समर्थन ल्याउने र नभए निस्कृय पार्ने रणनीतिमा लागेको छ । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने अध्यक्ष खनालका लागि पनि कसैको पक्षमा नखुल्नु नै हितमा हुने बताए । ‘अध्यक्ष हामी सकैको अध्यक्ष हो कुनै गुटको पक्षमा लाग्दा उहाँको हाइट बढ्नुको सट्टा घट्छ’ उनले भने, ‘त्यो वुद्धिमान पुरयाउने काम उहाँकै हो ।’

खनालाई नैतिक संकट

अध्यक्ष खनाल नेपालको पक्षमा नखुलेपनि उनी नैतिक संकटमा छन् । ओलीपक्षले सारेको वैचारीक धार खनालसँग नमिल्ने र ओलीसँगको यसअघिको तुस नेपालभन्दा बढी रहेको एमाले नेताहरुको बुझाई छ ।

उनको सहयोगी टिमका रुपमा रहेका सुरेन्द्र पाण्डे, धनश्याम भूषाल, योगेश भट्टराईजस्ता नेताहरु नेपालको पक्षमा खुलेर लागेकाले पनि उनलाई नेपालको साथ छोड्न संकट छ । खनाल निकटका नेताहरु अन्तिम समयमा अध्यक्ष खनाल नेपालको पक्ष्मा खुलेर लाग्ने विश्वासमा छन् ।


  •  
  •  
  •