सांसदको प्रश्न : ‘जनजातिले खाने गाईलाई किन राष्ट्रिय जनावर बनाउने ?’

259
  •  
  •  
  •  

काठाडमाडौं, ९ भदौं (ओएनएस) : गोरखा सिरानडाँडामा गाई काटेको निहुँमा लाक्पा तामाङको मृत्यु भएको विषयलाई लिएर संसदमा चर्काचर्की भएको छ । संसदमा सांसदहरू गाई काट्वा विषयमा पक्ष/विपक्षमा विभाजित भएपछि हंगामा भएको हो ।

सोमबारको बैठकमा सांसदहरु रामकुमार राई, शीवलाल थापा, योगेन्द्र घिसिङलगायतले गाई काटेको विषयमा लाक्पाको मृत्यु भएको भन्दै आपत्ति जनाए । सांसद थापाले गाई काटेको नाममा कसैलाई राज्यले मार्न नहुने बताउँदै भने, ‘जनजातीले खाने गाईलाई किन राष्ट्रिय जनावर बनाउने ? गैंडा, हात्ति र कुकुरलाइ राष्ट्रिय जनाबर बनाउँदा हुँदैन ?’ घिसिङले निमुखा तामाङ मारिदा सभामुखले रुलिङ नगरेको आरोप लगाए । लगत्तै सभामुखले सो टिप्पणी रेकर्डबाट हटाउन निर्देशन दिए । संघीय समाजवादी पार्टीका अशोक राईले नेपाल धर्म निरपेक्ष राष्ट्र भएका कारण बाझिएका कानून खारेज गर्नुपर्ने बताए ।

राप्रपा नेपालका सभासद् सुशील श्रेष्ठले केही वर्षयता नेपालको सनातन धर्ममाथि हस्तक्षेप भएकोले आगामी दिनमा धार्मिक सद्भाव खल्बलिने चिन्ता व्यक्त गरे । ‘धर्म परिवर्तन गर्ने र गाई मार्ने अधिकार दिएको छ ?, श्रेष्ठले भने, ‘गौ हत्याको शृङ्खला जारी छ ।’ एमालेका रामहरि सुवेदीले गाईको मासु खाने व्यक्तीको स्वतन्त्रता भए पनि गाई काटन नपाइने टिप्पणी गरे ।


  •  
  •  
  •