विश्व स्वास्थ्य संगठनले भन्यो, ‘लकडाउनले दोस्रो अवसर दियो’

91
  •  
  •  
  •  

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि दोस्रो अवसरको सदुपयोग गर्न अपील गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयिससले बुधबार नियमित जानकारी दिने क्रममा अहिले गरिएको लकडाउनले एउटा अवसरको ढोका खुलेको बताए ।

यसको सदुपयोग गरी कोभिड–१९लाई नियन्त्रण गर्न उनले सुझाव दिएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख ६ ओटा कदम चाल्नुपर्ने विश्व स्वास्थ्य संगठनको सुझाव छ ।

उनले हरेक मुलुकलाई आफ्नो स्वास्थ्य स्याहार र सार्वजनिक स्वास्थ्य जनशक्ति बढाउने, तालिम दिने र उनीहरुलाई खटाउन सुझाए । उपलब्ध प्रणालीको प्रयोग सबै शंकास्पद संक्रमित पहिचानको लागि गर्नुपर्ने उनको जोड छ । साथै परीक्षणको उत्पादन, क्षमता र उपलब्धता बढाउनु पनि महत्वपूर्ण रहेको गुथ्रेसले बताएका छन् ।

बिरामीको उपचार तथा आइसोलेशनमा राख्न आवश्यक सबै किसिमको सुविधाको व्यवस्था गर्ने, स्पष्ट योजना बनाउने र सबै सरकार कोभिड–१९ लाई रोक्न लागि पर्नुपर्ने उनको भनाइ छ ।


  •  
  •  
  •