स्वास्थ्यकर्मीलाई कोभिड खोप उपलब्ध गराउन डब्ल्यूएचओको आग्रह

124
  •  
  •  
  •  


एजेन्सी । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले स्वास्थ्यकर्मीलाई सहज रुपमा कोरोना खोप उपलब्ध गराउन आग्रह गरेको छ। विश्वमा स्वास्थ्यकर्मी नै कोभिडको संक्रमणको मारमा परेका बताउँदै संगठनले उनीहरुको सुरक्षाका लागि खोपको उपलब्धता आवश्यक रहेको बताएको हो।
विश्व स्वास्थ्य संगठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको र त्यसबाट कम्तीमा पनि १ लाख १५ हजार जना स्वास्थ्यकर्मीको ज्यान गएको जनाएको छ। सन् २०२० को जनवरीदेखि सन् २०२१ को मेसम्म यतिधेरै स्वास्थ्यकर्मीको ज्यान गएको विश्व स्वास्थ्य संगठनको भनाइ छ।


  •  
  •  
  •