काठमाडौ, पुस(एजेन्सी) : तपाईले आफ्नो साथी या आफन्तसँग जोडिइरहनका लागि प्रयोग गर्ने व्हाट्सएप माथी प्रतिबन्ध लाग्ने सम्भावना बढेको छ । बेलायतका प्रधानमन्त्री डेविड क्यामरूनले यदी उनी दोस्रो पटक प्रधानमन्त्री भए उनले व्हाट्सएप र आईम्यासेजमाथी प्रतिबन्ध लगाउने बताएका छन् ।
क्यामरूनले पेरिसमा गरिएको हमलालाई हेरेर गरेको समाचारहरुमा जनाइएको छ । सोमबार क्यामरूनले भने, ‘यी दिनहरूमा यस खालका एप्लिकेशनको निकै प्रयोग भइरहेको छ । यस्तोमा यी एप्लिकेशनमार्फत हुने कुराकानीमाथी नजर राख्नु सुरक्षा सेवाका मानिसका लागि टाउको दुखाईको विषय बनेको छ । यस्तोमा यी एप्लिकेशनलाई प्रतिबन्ध लगाउनु राम्रो हुन्छ ।’
क्यामरूनले भने, ‘यी इन्क्रिप्टेड च्याटमाथि नजर राख्न निकै गाह्रो हुन्छ । फोन र चिठ्ठीको माध्यमबाट हुने कुराकानीमाथि त सुरक्षा एजेन्सीहरुले नजर राख्न सक्छन् तर व्हाट्सएप र यी जस्तै अन्य च्याटिङ एप्लिकेशनमा नजर राख्नु निकै गाह्रो हुन्छ ।’
यस्तै, अर्कोतिर प्राईभेसी ग्रुपले यो निर्णयको विरोध गरेका छन् । उनीहरूका अनुसार सुरक्षाको नाममा मानिसको गोप्यताको साथमा खेलवाड हुनुहुँदैन । प्राइभेसी ग्रुपले कयौ देशमा यस्तो एप्लिकेशनको प्रयोग सुरक्षाका दृष्टिकोणले पनि गर्ने गरिन्छ