यस्तो छ कट्रिनाको इच्छा, सम्भव छ पूरा हुन ?

91
  •  
  •  
  •  

wpid-Katrina_Kaif-11012बलिउड आईटम नम्बर ‘शीला की जवानी’ र ‘चिकनी चमेली’ र केही समय पहिले आएको ‘तू मेरी’ मा आफ्नो नृत्य प्रतिभाको परिचय दिईसकेकी नायीका कट्रिना कैफले नृत्यसँग सम्बन्धित चलचित्रमा काम गर्न चाहेको बताएकी छिन् । उनले उक्त चलचित्र भने हलिउड चलचित्र ‘स्टेप अप’ को कथा जस्तै राम्रो र मजबुत हुनुपर्ने बताएकी छिन् । चलचित्र ‘स्टेप अप’ नृत्यसँग सम्बन्धित चलचित्र हो ।

आफ्ना नयाँ चलचित्र ब्याङ ब्याङको सफलताका क्रममा कट्रिनाले भनिन्, ‘म नृत्यको शौखिन हुँ । यदी नृत्यको साथै एक मजबुत पटकथा सहित चलचित्र जो स्टेप अप जस्तै होस्, त्यसको लागि अफर आउँछ भने म त्यसमा काम गर्न चाहन्छु ।’

कट्रिनाले ब्याङ ब्याङको आफ्नो को-स्टार अभिनेता ऋतिक रोशनको नृत्य कुशलताको प्रशंसा गरिन् तर चलचित्रमा आफ्नो कामको लागि कट्रिनाले केही आलोचनाको सामना समेत गर्नुपरेको थियो ।

तर, आलोचनाबाट चिन्तित नहुने कट्रिनाले भनिन्, ‘मेरो बानी के छ भने आफू जिउने र अरूलाई जिउन दिने हो । यदी तपाईलाई मेरो चलचित्र राम्रो लाग्छ भने हेर्न आउँनुस् र मन पर्दैन भने नहेर्नुस् । तपाईलाई चलचित्र हेर्नका लागि कसैले पनि दवाव दिँदैन ।’


  •  
  •  
  •  

Comments are closed.