पैसा दोव्वर योजनामा गुरुङ बनिन् सत्रौं हप्ताको विजेता

203
  •  
  •  
  •  

काठमाडौँ, ३० असोज  (ओएनएस): वेस्टर्न युनियनको ‘पैसा दोब्बर’ योजनाको सत्रौं विजेताको नाम घोषणा गरिएको छ । यस अन्तर्गत बसुन्धराकी प्रतिमा गुरुङले रु ५० हजार प्राप्त गरेकी छिन् । उनले वेस्टर्न यूनियनको सब एजेन्टबाट यसै हप्ता रेमिटेन्स प्राप्त गरेकी थिइन् ।

यो योजना अन्तर्गत हरेक हप्ता वेस्टर्न युनियनको एमटीसीएन कोडबाट लक्की ड्र गरिन्छ र ग्राहकहरुलाई आफुले पाएको रकम बराबरकै रकम दोब्बर गर्ने अवसर दिइन्छ । जसमा हरेक हप्ता एकजनालाई अधिकतम ५० हजार रुपैयाँ प्रदान गरिन्छ ।

२० हप्ता सम्म चल्ने यस प्रर्वद्धन योजनाको अवधि भरि जम्मा कुल रु.१० लाखको पुरस्कार जित्न सकिन्छ । वेस्टर्न युनियनका एजेन्टहरु मार्फत नेपालमा वेस्टर्न युनियन अन्तर्राष्ट्रिय मनि ट्रान्सफरको सेवा प्रयोग गरेका १८ वर्ष माथिका सबै नेपाली नागरिकहरुले भाग लिन सक्नेछन् । एक पटक विजेता घोषित भएका ग्राहकले वेस्टर्न यूनियनको सेवा अर्को हप्ता पून उपयोग गरेको अवस्तामा लक्की ड्रमा भाग लिन पाउनेछन् ।

वेस्टर्न युनियनद्वारा आफ्नो २०औं वार्षिक उत्सवको अवसरमा यो उपहार योजना सञ्चालनमा ल्याएको हो ।

 


  •  
  •  
  •