रुपन्देही, २७ पुस (ओएनएस) : एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले गरेको छुट्टा–छुट्टै बन्दको कारण पश्चिम नेपालको जनजिवन प्रभावित भएको छ ।
गन्तब्यमा हिडेका यात्रु अलपत्र परेका छन् भने केहि स्थानमा उच्च माध्यामिक विद्यालयका परिक्षा स्थगित भएका छन् । नेपालगञ्जमा हुम्लाबाट आएका सयौ सर्वसाधारण रोकिएका छन् ।
एमाओवादी मोर्चाले मगरात, तमुवान, किरात, खुम्बुवान र लिम्बुवान राज्यमा बन्दको आह्वान गरेको हो ।
यता, प्युठान, दाङ र रोल्पासहित यस क्षेत्रमा मोहन वैद्य नेतृत्वको माओवादीले पनि बन्दको आह्वान गरेको छ । केन्द्रीय बन्द कार्यक्रम भोलि भए पनि यी जिल्लामा आज बन्द गरिएको नेकपा–माओवादीले जनाएको छ ।
एमाओवादी मोर्चाले सत्तारुढ गठबन्धनले प्रक्रियामा गएर संविधान जारी गर्न खोजिएको भन्दै बन्द गरेको हो भने वैद्य माओवादीले संविधानसभा विघटनको माग गर्दै बन्दको आह्वान गरेको हो ।