गेलको कीर्तिमानी शतकसँगै वेस्ट इन्डिजको सानदार जीत

136
  •  
  •  
  •  

१२ फागुन (एजेन्सी) : विश्वकप क्रिकेटअन्तर्गत क्रिस गेलको कीर्तिमान दोहोरो शतकसँगै वेस्ट इन्डिजले सानदार जित दर्ता गराएको छ ।

क्यानबेरामा मंगलबार भएको खेलमा वेस्ट इन्डिजले दोस्रो जित दर्ता गराउने क्रममा जिम्बाबेबिरुद्ध ७३ रनको जीत दर्ता गराएको हो ।

गेलको दोहोरो शतकसँगै वेस्ट इन्डिजले ३७२ रन बनाएको थियो । वर्षा भएपछि २ ओभर घटाइएको खेलमा ३६३ रनको लक्ष्य पछ्याएको जिम्बाबे २८९ रनमा अलआउट भयो ।

जिम्बाबेको लागि सिन विलियम्सले सबैभन्दा बढि ७३ रन जोडे भने क्रियाग इर्भाइनले ५२ रनको योगदान गरे । जिम्बाबेको इनिङ ध्वस्त पार्न वेस्ट इन्डिजका जिरोम टेलर र जासन होल्डरले ३–३ विकेट लिए ।

त्यसअघि रनको खाता नखोल्दै दोस्रो बलमा विकेट गुमाएको वेष्ट इण्डिजका गेल र श्यामुअल चम्किए । गेल र श्यामुअलले दोस्रो विकेटका लगि ३७२ रनको सझेदारी गरे । जुन वन डे र विश्वकपमा कुनै पनि विकेटका लागि अहिलेसम्म भएको सबैभन्दा ठूलो साझेदारी हो ।


  •  
  •  
  •