विश्वकप टोलीबाट बाहिरिएका ड्वेन ब्राभोले लिए टेष्ट क्रिकेटबाट सन्यास

262
  •  
  •  
  •  

dwayne_bravoकाठमाडौ, १७ माघ(एजेन्सी) : वेष्टइण्डिजको वर्ल्डकप टोलीबाट बाहिर राखिएको केही हप्तापछि अलराउण्डर ड्वेन ब्राभोले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अलराउण्डर ब्राभोले सन् २०१० देखी टेष्ट खेलेका छैनन् ।

उनलाई दक्षिण अफ्रिकासँगको खेल तथा विश्वकपमा समावेश गरिएको थिएन । तर, ३१ वर्षीय ब्राभो अझै पनि सिमित ओभरका खेलहरू खेल्न चाहन्छन् । वेष्टइण्डिज क्रिकेट बोर्डसँग १ वर्षका लागि अनुबन्धित भएका ब्राभो दक्षिण अफ्रिकाविरूद्धको टी-२० टोलीमा समावेश थिए ।

४० टेष्ट र १ सय ४७ एकदिवसीय क्रिकेटमा वेष्टइण्डिजको प्रतिनिधित्व गरिसकेका ब्राभोले सन्यासको घोषणा गर्दै भने, ‘आज म टेष्ट क्रिकेटबाट सन्यास लिने घोषणा गर्छु । म वेष्टइण्डिज क्रिकेट बोर्डलाई पहिले नै आफ्नो यस निर्णयको जानकारी दिइसकेको छु र साथै सीमित ओभरको क्रिकेट खेलमा वेष्टइण्डिजको तर्फबाट खेलिरहने आफ्नो इच्छाको संकेत पनि दिईसकेको छु ।’


  •  
  •  
  •