प्रधानमन्त्री ओलीलार्इ दिल्लीमा कसले गरे स्वगत ? काे-काे सँग भेट्दैछन् ?

540
  •  
  •  
  •  

काठमाडौं, २३ चैत (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीतीन दिने राजकीय भारत भ्रमणको शिलशिलामा राजधानी नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमानस्थलमा भारतीय गृहमन्त्री अाएका हन्।

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै भारतीय राष्ट्रपति कार्यालय लागेका हुन्।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी लगायत दिल्ली स्थित नेपाली दूतावासका प्रतिनिधिहरु विमानस्थलमा अाएका थिए।

अाज प्रम अाेली काे-काे सँग भेट्दैछन् ?

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गृहमन्त्री राजनाथ सिंह तथा अर्थमन्त्री अरुण जेट्लीबीच छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।

प्रधानमन्त्री ओली बसेकाे भारतीय राष्ट्रपति कार्यालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भेटवार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित, सहयोगका विभिन्न क्षेत्र र आपसी चासोका विषयमा छलफल भएको हुने छ ।

भेटवार्तामा उपप्रधान एवम् परराष्ट्र मन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलगायतको उपस्थिति रहने छ ।

यसअघि प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरिसेकेका छन्।

 

 


  •  
  •  
  •