मोदीको स्वागतका लागि सुरक्षा अभ्यास

126
  •  
  •  
  •  

महोत्तरी, ७ मंसिर (ओएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि नेपाली नाका भिठामोडबाट परिकौलीस्थित नेपाली सेनाको शेर गणसम्म सुरक्षा अभ्यास गरिएको  छ ।

भिठामोड, जलेश्वर हुँदै परिकौली ब्यारेकसम्मको ६ किलोमिटर सडकको दुईतर्फी एक हजारको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई परिचालन गरि स्वागत अभ्यास गरिएको छ ।  बाटोहरुमा स्वागतद्वार बनाइएका छन् । जलेश्वर भन्सार कार्यालय नजिकै रहेको नेपाल प्रवेशद्वारमा मेटल डिटेक्टरसहितका सुरक्षाकर्मी परिचालित छन् । नेपाली सेनाको ब्यारेकबाट भारतीय प्रधानमन्त्री मोदी जनकपुरसम्म हेलिकप्टरमा जाने कार्यक्रम रहेको छ ।

भारतीय सुरक्षा अधिकारीहरुले मोदीको आगमनबारे प्रष्ट नगरेपनि दशगजाबाट पचास मिटर कालोपत्रे गरि एनएच १०४ मा सडक जोडेको छ  तथा सशस्त्र सिमा बल भिठामोडको कार्यालयमा हेलिप्याड बनाउन सकिने जत्तिकै जग्गामा ढलान गरेको देखिएको छ ।

स्रोतकाअनुसार आइतवार भारतीय उच्च सुरक्षा अधिकारीहरुले भारतीय बजार सुरसण्डदेखि भिठामोडसम्म अवलोकन गर्नेछन् ।


  •  
  •  
  •