मोदीको स्वागतका लागि १ हजार झण्डा

198
  •  
  •  
  •  

modi

काठमाडौं, १६ साउन (ओएनएस) : यही साउन १८ गते नेपालको औपचारिक भ्रमणका लागि आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका राजधानीका विभिन्न स्थानमा नेपाल र भारतका एक हजार भण्डा राखिने भएको छ । मोदी हिड्ने रुटमा ती झण्डा राखिने भएको हो ।

नेपाल र भारतका भण्डालाई क्रस गरेर राखिने तयारी भएको गृहमन्त्रालय स्रोतले जनाएको छ । सर्वसाधरणले पनि मोदीको स्वागतका लागि नेपाल र भारतका भण्डा राख्न पाउने छन् । उनीहरुका लागि काठमाडौं महानगरपालिकाले भण्डा उपलब्ध गराउने छ । गृहमन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गरि काठमाडौं महानगरपालिकाका सर्वसधारणले झण्डा राख्न चाहेकमा सम्बन्धित वडा कार्यालयबाट झण्डा उपलब्ध गराइने जानकारी दिएको छ ।

यस्तै सरकारीतपर्फबट राखिने झण्डाको जिम्मा काठमाडौं महानगरपालिकाले लिएको छ । महानगरपालिकाले झण्डा बनाउने कार्य सुरु भइसहेको जानकारी दिएको छ ।

५ वटा भव्य स्वागत गेट बन्ने

मोदीको स्वागतका लागि विभिन्न स्थानमा ५ वटा भव्य गेट बनाइने भएको छ । काठमाडौं महानगरपालिकाले सूचना विभाग अगाडी, होटल ह्यात रिजेन्सी प्रवेश गर्ने द्वार र सोल्टी होटल अगाडी गेट बनाउँदैछ । यस्तै नेपाल–भारत मैत्री अस्पताले चावहिलमा र पशुपति क्षेत्र विकास कोषले गौशालामा गेट बनाउँदैछ । यस्तै मादीको सवारी रुटमा ट्राफिक प्रहरीले सडक डिभाइडरसमेत हटाएको छ । सडको सरसफाइ गरिएको छ ।


  •  
  •  
  •