भारोत्तोलन टोली दोहा जाने

108
  •  
  •  
  •  

काठमाडौं, १३ पुस (ओएनएस)  : दोहामा डिसेम्बर २९ देखि जनवरी ८ सम्म आयोजना हुने दोहा ईन्टरनेशनल वेटलिफ्टीङ्ग कपमा भाग लिन नेपाली भारोत्तोलन टोली सोमबार दोहा जाने भएकोछ ।

प्रतियोतिमा पुकार गुरुङ्गले १०५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने नेपाल भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्तले बताएका छन् । गुरुङ्गको प्रशिक्षकमा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक सुनिल लाल जोशी रहेकाछन् ।

प्रतियोगिताको दौरान हुने ईलेक्ट्रल कंग्रेसमा सहभागी हुन नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टन्डन, महासचिव पार्थसारथी सेन गुप्त पनि त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको संघले जनाएकोछ । त्यस्तै संघका उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य सुरेन्द्र हमाल र संघका सह सचिव संजय महर्जन पनि त्यस तर्फ जाने भएकाछन् ।

सोही अवसरमा जुलाई २० देखि ३०, २०१५मा नेपालमा आयोजना हुने एशियन भारोत्तोलन च्याम्पियनसिपका बारेमा समेत छलफल हुने महासचिव गुप्तले वताए ।


  •  
  •  
  •