विवाह गर्नुस्, क्यान्सर लखेट्नुस्

281
  •  
  •  
  •  

cancerकाठमाडौं, चैत : भयानक रोग क्यान्सरबाट बच्न चाहनुहुन्छ भने विवाह गर्नुस् । बाल्टिमोरको स्टिवर्ट ग्रीननीबम क्यान्सर सेन्टर र मेरील्याण्ड मारलिन विश्वविद्यालयको एक शोधका अनुसार फोक्सोको क्यान्सर भएका विवाहित बिरामीहरू विवाह नगरिएका बिरामीहरुभन्दा लामो समयसम्म बाँच्ने तथ्य पत्ता लागेको छ । प्रोस्टेट, मस्तिष्क र घाँटीजस्ता क्यान्सहरुको लागि पनि विवाहले फाइदा पुर्याएको उक्त अध्ययनले देखाएको छ ।

अध्ययनमा १० प्रतिशत अविवाहित बिरामीहरूको तुलनामा ३३ प्रतिशत विवाहित बिरामीको आयु ३ वर्ष बढि रहेको पाइएको थियो र उनीहरुमध्ये पुरुषको तुलनामा महिलाहरूमा राम्रो नतिजा देखिएको थियो । अध्ययनकर्ता एलिजाबेथ निकोलसका अनुसार, ‘वैवाहिक स्थितीले बिरामीको बचाउमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । अध्ययनकर्ताहरुले फोक्सोको क्यान्सरको एक सामान्य रूप तेस्रो चरणको ‘नन स्मद सेल लंग्स’ क्यान्सरका १६८ बिरामीहरुको अध्ययन गरेका छन् ।

यी बिरामीहरुको विगत १० वर्षदेखि केमोथेरापी र विकिरणबाट उपचार चलिरहेको थियो । अध्ययनमा १० प्रतिशत अविवाहित बिरामीहरुको तुलनामा ३३ प्रतिशत विवाहित बिरामीको तीन वर्षपछिसम्म पनि जिवित रहेका थिए र उनीहरुमध्ये पुरुषको तुलनामा महिलाहरुमा राम्रो नतिजा देखिएको थियो ।


  •  
  •  
  •