उत्तर कोरियाली शासक किमद्वारा विवाह र अन्तिम संस्कार नगर्न आदेश

134
  •  
  •  
  •  

काठमाडौँ, २० बैशाख(ओएनएस) : उत्तर कोरियाका शासक किम जोंग उनले आगामी साता हुने सबै विवाह र अन्तिम संस्कारको कार्यक्रम रद्द गर्न आदेश दिएका छन् । शासक किमको आधिकारिक एक समारोहका लागि उक्त आदेश दिएका हुन् ।

उक्त समारोह ३६ वर्षपछिको सबैभन्दा ठूलो समारोह हुने बताइएको छ । विगतका ४ वर्षमा किमले उत्तर कोरियाको शासकका रूपमा आफ्नो दवदबा कायम राखेका छन् । उत्तर कोरिया न्युक्लियर हतियारयुक्त राष्ट्र भएको घोषणा समेत सो समारोहमा गर्ने तयारी भइरहेको समाचारमा जनाइएको छ ।

उक्त समारोहमा हजारौँ प्रतिनिधीहरू समारोहमा सहभागी हुनका लागि प्योंगयांग पुग्नेछन् । यसका लागि राजधानी प्योंगयांगको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको समाचारमा उल्लेख छ ।

यो समारोहका क्रममा हुन सक्ने कुनै पनि व्यवधआनबाट बच्नका लागि विवाह र अन्तिम संस्कारमा पनि रोक लगाइएको बताइएको छ ।

दक्षिण कोरियाको एक मन्त्रालयका प्रवक्ताका अनुसार उत्तर कोरिया पहिले पनि ठूलो कार्यक्रममा यस्ता कदम उठाउने गरेका छन् ।
सियोलको योनसेई विश्वविद्यालयमा उत्तर कोरियाका विज्ञ जोन डेल्युरीले किमको लागि यो समारोह निकै महत्वपूर्ण रहेको बताएका छन् । उनका अनुसार उक्त समारोहमा किमले देशलाई कसरी आफ्नो नियन्त्रणमा राखेको छु भन्ने देखाउन खोज्ने बताएका छन् ।


  •  
  •  
  •