आजदेखि बर्षा रोकिने तर चिसो बढ्ने

267
  •  
  •  
  •  

waterकाठमाडौं २ पुस । चार दिनदेखि बादल र वर्षाले चिसिएको मौसम आज घमाइलो हुने भएको छ । तरपनि चिसो झन् बढ्ने भएको छ। मौसमविद्हरूका अनुसार घामको कमजोर प्रकाश खुला आकाशका कारण उतै फर्किएर जाने भएकोले मौसम झन् चिसो हुनेछ।

केही दिनयता बाक्लो बादल र हुस्सुका कारण पृथ्वीमा आएको ताप यतै रहँदा न्यूनतम तापक्रम बढेको थियो। काठमाडौं उपत्यकामा मंगलबार केही समय वर्षा भए पनि न्यूनतम तापक्रम ७।६ डिग्री सेल्सियस थियो।

मौसमविद्का अनुसार अबका केही दिन बादल हटेर आकाश खुला हुने भएकाले चिसो थपिन्छ। ‘आज बुधबारदेखि घाम लाग्छ तर चिसो पनि बढ्छु, मौसमविद् शान्ति कँडेलले भनिन्, ‘अबका केही निक्कै चिसो सहनुपर्छ।’

अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रहरूका अनुसार बुधबार घामको अधिक ताप पाँच अल्ट्राभायोलेट ९इलोक्ट्रो म्याग्नेटिभ रेडिएसन(युभी० रहनेछ। त्यस्तै बिहीबार र शुक्रबार पाँच यूभीभन्दा बढी हुँदैन।
घामको ताप तीनदेखि पाँच यूभीलाई मध्यम, छदेखि आठलाई उच्च तथा आठदेखि १० लाई अति उच्च ताप मानिन्छ। रातिको न्यूनतम तापक्रम शुक्रबारसम्ममा दुई डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

बुधबार पनि केही पहाडी क्षेत्रमा भने हल्का बादलसहित वर्षाको सम्भावना छ। तराईमा भने बाक्लो हुस्सुको अनुमान छ। मौसम अनुमान गर्ने भूउपग्रह यन्त्रका अनुसार तराईमा दुई सय मिटरभन्दा टाढा नदेखिने गरी बाक्लो हुस्सु लाग्नेछ अन्नपूर्णले खबर लेखेको छ । मंगलबार पनि देशभर वर्षा भयो। सुदूरपश्चिम र सुदूरपूर्वका पहाडी जिल्लामा भारी हिमपात भएको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ।


  •  
  •  
  •