नेपालको मध्य र पूर्वी क्षेत्रमा भारी बर्षा

111
  •  
  •  
  •  

काठमाडौं ४ असोज (ओएनएस) : गए रातिदेखि मनसुन फेरी सकृय भएपछि मध्य र पूर्वीभागमा पानी परिरहेको छ । वंगालको खाडीबाट आउने जलवाष्प केही माथी उठेकाले शनिबार रातिदेखि नै नेपालको मध्य र पूर्वीभागमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उनले भने,‘ एक दुईदिन कम भएको थियो, फेरी मनसुन सकृय भएपछि पानी पर्न सुरु गरेको हो ।’ पश्चिम र सदुरुपश्चिममा भने मौसम सफा रहेको महाशाखका मौसमविद् बरुण पौडेलले जानकारी दिए । भोलीसम्म यो झरी रहने पौडेलले बताए । समान्यतया सेप्टेम्वर २३ मा मनसुनी याम सकिने भएपनि यसले १०÷१२ दिन अझै असर गर्न सक्ने पौडेलको भनाई छ ।

उनले ओएनएस न्यूजसँग भने,‘ मनुसन सकिन दुईतीन दिन बाँकी छ तर डिजिटलले नापे जस्तो त हुँदैन, यसपटक अलि पछाडी जान सक्छ ।’ उनले दशैमा समेत झरी पर्न सक्ने बताए । उनले भने,‘त्यतिबेलासम्मको अहिले नै अनुमान गर्न त सकिदैन तर यसपटक दशैमा पनि झरी पर्न सक्छ ।’


  •  
  •  
  •