मनसुन अझै एक साता रहने

91
  •  
  •  
  •  

काठमाडौं, ६ असोज (ओएनएस) : नेपालमा विगत तीन दिनदेखि भइरहेको वर्षा मनसुनी वर्षा भएको मौसम विभागले जानकारी दिएको छ । विभागले दिएको जानकारी अनुसार सेप्टेम्बर २३ सम्म वर्षा जारी रहनेछ ।

तर मनसुन भने अझै एक हप्तासम्म रहने जनाइएको छ । आइतबार सबैभन्दा बढी पानी लुम्लेमा परेको छ । लुम्लेमा ५७.८ मिमि वर्षा भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

जीरीमा ८ मिमि, दडेलधुरा ७, दाङमा ६.०, ओखलढुङ्गा ५.८, काठमाडौं ३.६, धनगडी २.७, ताप्लेजुङ १, पोखरा र जनकपुर फाटफुट, दिपायल, सिमरा, नेपालगञ्ज, जुम्ला, भैरवा, विराटनगरमा भने वर्षा सुन्य रहेको छ ।

यस्तै मौषम विभागको तथ्यांक अनुसार शनिवार बेलुकी सबैभन्दा बढी वर्षा लुम्लेमा भएको थियो । लुम्लेमा १६२.४ मिमि वर्षा भएको थियो । यस्तै पोखरामा ८४.९ मिमि, काठमाडौमा ५६.७ मिमि, ओखलढुंगा ४१.१, सिमरा ३७.७, ताप्लेजुङ १५.३, जीरी १५.०, धनकुटा ८.७, दाङ ६.०, धनगडी १ मिमि पानी परेको छ ।


  •  
  •  
  •