उद्घाटनकै दिन खानेपानीको ट्याङ्की बांगिएपछी…

212
  •  
  •  
  •  

विराटनगर, १३ फागुन(ओएनएस) : विराटनगर उपमहानगरपालिकाका कर्मचारीको लापरवाहीले गर्दा विराटनगर–२० दरैया बस्तीमा बनेको खानेपानी खानेट्याङ्की प्रयोगमा आएको छैन् । खानेपानी ट्याङ्की  निर्माणका क्रममा उपमहानगरपालिकाका कर्मचारीको गैर जिम्मेवारीका कारण १८ लाखको लागतमा निर्माण गरिएको पानी ट्याङ्की प्रयोगमा नआएको हो ।

विराटनगर उपमहानगरपालिकाका कर्मचारी पुनम दाहाल र इन्जिनीयर उमेश ओझाको निगरानीमा १८ लाख खर्च गरेर निर्माण गरेको खानेपानी ट्याङ्की उदघाटनकै दिन ओभरलोड भएर बाङगिएपछि प्रयोगमा नआएको स्थानीयले बताएका छन् । तत्कालिन उपभोक्ता समितिका सचिव राजेन्द्र कामतले भने ‘ उदघाटनका गर्न भन्दै अतिथीहरु भेला भएका थिए । पानी भरेर मात्र उदघाटन गर्ने भनेपछि पानी भर्न सुरु गरियो । पानी भर्न थालेपछि ट्याङ्की नै को जग नै बाङ्गियो ।’

फलामका रडहरू प्रयोग गरेर निर्माण गरिएको २० हजार लिटरको ट्याङ्की हाल अलपत्र अवस्थामा छ । फलामको रडलगाएर करिब २० मिटर उचाईमा दुई हजार लिटरका दुईवटा प्लाष्टिकका ट्याङकीबाट उपभोक्तालाई खानेपानी वितरण गर्ने योजना अनुसार तिनबर्ष अघि निर्माण गरिएको थियो । दरैया बस्तीका दुईवटा आर्य र कोलहर टोलका बासिन्दालाई खानेपानि वितरण गर्ने योजना अनुसार निर्माण सुरू गरिएपनि इन्जिनियरको लापरवाहीका कारण खानेपानी ट्याङकी उदघाटनकै दिन लोड थाम्न नसकेर बाङगिएको थियो ।

water tankउपभोक्ता समितिका सचिव कामतका अनुसार फलामको रड लगाएर निर्माण गरिएको ट्याङकी जग दरिलो नभएका कारण बाङगिएको बताए । उनले भने ‘ उदघाटन गर्न भन्दै सबै भेला भएका थिए । फलाम नै बाङगिएपछि उदघाटन पनि भएन सञ्चालनमा पनि आएन् ।’

ओभरलोड भएर बाङगिएको टयाङकी केही समयपछि रडलगाएर सोझ्याइएपनि पानी सञ्चालन हुने अवस्था नरहेको उनले बताए ।

पव्लिक फोरमका अध्यक्ष उत्तम ढुङगेलले ट्याङकी निर्माण गर्दा आर्थिक हिनामिना भएको आरोप लगाए । १८ लाख खर्च गरिएको बताएपनि ट्याङकी निर्माण र बोडिङ गाड्न त्यती धेरै खर्च नलाग्ने उनको दावी थियो ।

सो टंकी मर्मतकालागि आर्थिक बर्ष तिन लाख रुपैया निकासा गर्ने तयारी उपमहानगरपालिकाले गरेको बुझिएको छ । उपमहानगरपालिकाका पुनम दाहालले टंकी मर्मत र पानी सञ्चालनकालागि यस बर्ष बजेट छुटयाइएको जानकारी दिए ।


  •  
  •  
  •