यस्तो समयमा नपिउनुस् पानी, पानी बिष बन्न सक्छ

421
  •  
  •  
  •  

Drinking-the-Hot-Waterपानीले शरिरलाई जीउनका लागि उर्जा दिने काम गर्छ र यसको सही मात्राले हाम्रो पाचन प्रणालीलाई पनि काम गर्न मद्धत गर्छ । पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ, तर केही अवस्थामा पानी पिउनाले स्वास्थ्यमा प्रतिकूल असर गर्छ । खाना खानु भन्दा ठिक पहिले पानी पिउनाले पाचन शक्ति कमजोर बनाउँछ । गलत समयमा पानीको प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

अजीर्णे भेषजं वारि जीर्णे वारि बलप्रदम्।
भोजने चाऽमृतं वारि भोजनान्ते विषप्रदम्।।

यस श्लोकमा भोजनपछि लगत्तै पानी पिउनु हुँदैन भनिएको छ । खाना खाएपछि जब खाना पच्छ तबमात्र पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । खाना खानेबित्तिकै पानी पिउनाले खाना राम्ररी पच्न पाउँदैन र शरिरमा प्राप्त हुने उर्जा समेत ठिक तरिकाले प्राप्त हुँदैन । अपच भएको अवस्थामा पेटसम्बन्धी रोगले सताउने सम्भावना बढ्छ । त्यसैले खाना खानेबित्तिकै पानी पिउनाले उक्त पानीले विषसमान काम गर्छ ।

खाना अगाडि करिब १ घण्टा वा आधा घण्टा पहिले १-२ गिलास पानी पिउन सकिन्छ र खाना खाँदै गर्दा बीच-बीचमा १-२ घुट्की पानी पनि पिउन सकिन्छ तर, धेरै पानी भने पिउनु हुँदैन ।

पानी कति बेला खानेः
– हामीलाई जब प्यास लाग्छ तब कम्तिमा १ गिलास पानी पिउनुपर्छ । यस्तो गर्दा हाम्रो शरिरमा हुने पानीको कमी पुरा हुन्छ ।

– शारीरिक परिश्रम गरेपछि सकेसम्म केही बेरपछि मात्र पानी पिउनु पर्छ । काम गरेको करिब आधा घण्टापछि मात्र पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।


  •  
  •  
  •