‘८२ प्रतिशतले चलाउने पानी दूषित’

73
  •  
  •  
  •  

काठमाडौं २ माघ ।
सरकारले सन् २०१७ सम्म सबै घरमा स्वच्छ पानी पुर्याोउने लक्ष्य राखे पनि ८२ प्रतिशत जनताले प्रयोग गर्ने पानीको स्रोतमा हैजाको जीवाणु इकोलाइ पाइएको छ।

राष्ट्रिय तथ्यांक विभागले गरेको बहुसूचक सर्वेक्षण २०७०/७१ मा यस्तो तथ्य पत्ता लागेको हो। ९३ प्रतिशतले प्रयोग गर्ने खानेपानीको सुधारिएको स्रोत परीक्षण गर्दा अशुद्ध पाइएको विभागका निर्देशक कृष्ण तुलाधरले जानकारी दिए। सर्वेक्षण क्रममा छनोटमा परेका परिवारको पिउने पानीमा हानिकारक जीवाणु इकोलाइ परीक्षण गरिएको थियो। राष्ट्रियस्तरमै गरिएको यो परीक्षणमा ८२ प्रतिशतले प्रयोग गर्ने पानीमा जीवाणु पाइएको तुलाधरले बताए।

बुधबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार करिब ६० प्रतिशत घरपरिवार सदस्यले मात्र सुधारिएको सुविधा (चर्पी) प्रयोग गरेको थियो। महिला, बालबालिका तथा घरपरिवारसम्बन्धी तथ्यांक उपलब्ध गराउने सर्वेक्षण करिब १३ हजार घरपरिवारमा गरिएको थियो। सर्वेक्षणले दुई वर्षमुनिका बालबालिकामध्ये करिब ४८ प्रतिशतले सुरक्षित ठाउँमा दिसा गर्ने गरेको, ७३ प्रतिशतले हात धुनका लागि निर्दिष्ट स्थानमा पानी, साबुन वा अन्य सफाइका वस्तु राखेको देखाएको छ।
बाल मृत्युदर घट्यो पाँच वर्षमुनिको बाल मृत्युदर उल्लेखनीय रूपमा घटेको सर्वेक्षण

ले देखाएको छ। सन् २०११ मा एनडिएचएस सर्वेले ५४ मा देखाएको बाल मृत्युदर पछिल्लोपटक प्रतिहजार जीवित जन्मेका ३८ रहेको देखिएको छ।
सर्वेक्षणभन्दा दुई वर्ष अघिसम्मको अवधिमा जीवित शिशुलाई जन्म दिएका १५–४९ वर्ष उमेर समूहका महिलामध्ये करिब ६८ प्रतिशतले तालिमप्राप्त स्वास्थ्यकर्मीबाट कम्तीमा एकपटक पूर्वप्रसूति जाँच गराएको र ६० प्रतिशतले जोसुकै भए पनि कुनै स्वास्थ्यकर्मीसँग कम्तीमा चारपटक पूर्वप्रसूति जाँच गराएका देखाएको छ। त्यसैगरी दक्ष प्रसूतिकर्मीबाट बच्चा जन्माउने महिला ५६ प्रतिशत र स्वाथ्य संस्थामा बच्चा जन्माउने महिला ५५ प्रतिशत छन्।

त्यसैगरी, ५७ प्रतिशत आमाले आफ्ना बच्चालाई जन्मेको ६ महिनासम्म आफ्नो दूध खुवाउने गरेको पनि सर्वेक्षणले देखाएको छ। सर्वेक्षणले खोपको कभरेज राम्रो भएको देखाएको छ।
सर्वेक्षणभन्दा २ हप्ताअघिसम्म ५ वर्षमुनिका ७ प्रतिशत बालबालिकालाई श्वासप्रश्वासमा समस्या रहेको पाइएको थियो। तीमध्ये करिब ५० प्रतिशत बालबालिकाले स्वास्थ्य संस्थामा उपचार वा सल्लाह लिने गरेका छन्। करिब ७५ प्रतिशत बालबालिकालाई एन्टिबायटिक औषधि खुवाएको पाइयो।
सर्वेक्षण नतिजाअनुसार १५–४९ वर्षका प्रतिमहिलाले २.३ जीवित बच्चा जन्माउँछन् भने प्रतिहजार किशोरी (१५–१९ वर्ष) ले ७१ जीवित बच्चा जन्माउँछन्। यसैगरी, १५–४९ वर्ष उमेर समूहका हालै विवाहित महिलामध्ये ५० प्रतिशतले परिवार नियोजनको उपाय तथा साधन प्रयोग गरेका छन्। जसबाहेक चाहेर पनि २५ प्रतिशत महिलाले परिवार नियोजनका साधन प्रयोग गर्न पाएका छैनन्।

सर्वेक्षणअनुसार औसत परिवारको आकार ४.६ छ भने ५ वर्षमुनिको जनसंख्या १० प्रतिशत र १८ वर्षमुनिको ४० प्रतिशत छ । १५—४९ वर्ष उमेर समूहका महिलामध्ये करिब १६ प्रतिशतले १५ वर्ष पुग्नुअघि नै विवाह गरेको पाइएको छ। त्यसैगरी १५—१९ वर्ष उमेर समूहका किशोरीमध्ये २५ प्रतिशत विवाहित रहेको समेत विभागले जनाएको छ।

सरसफाइमात्रै होइन, सर्वेक्षणले शिक्षाको सूचक पनि सन्तोषजनकमात्रै रहेको देखाएको छ। नतिजाअनुसार १५–२४ वर्ष उमेर समूहका महिलामध्ये करिब ८४ प्रतिशत साक्षर रहेको, ३६–५९ महिनाका बालबालिकामध्ये ५१ प्रतिशतले सर्वेक्षण अवधिमा प्रारम्भिक बाल शिक्षा कार्यक्रममा जाने गरेको देखिएको छ।
त्यसैगरी एड्सबारे चेतना राम्रो भए पनि सूर्तीजन्य पदार्थ प्रयोग महिला र बालबालिकामा ठूलो समस्याको रुपमा रहेको अध्ययनले देखाएको छ। सन् १९९५ देखि प्रत्येक पाँच–पाँच वर्षमा सञ्चालन हुँदै आएको सर्वेक्षण हाल प्रत्येक तीन वर्षको अन्तरालमा गरिन्छ।

पारिवारिक प्रश्नावलीअन्तर्गतका मोड्युलमा परिवार सूचीकरण लगत, शिक्षा, बालश्रम, बाल अनुशासन, पारिवारिक विशेषता, खानेपानी र सरसफाइ, हातधुने व्यवस्था, आयोडिनयुक्त नुन तथा पानीको गुणस्तर परीक्षणसम्बन्धी विवरण संकलन गरिएको थियो।

महिलाको व्यक्तिगत प्रश्नावलीअन्तर्गत पृष्ठभूमि, आमसञ्चारमा पहुँच र सूचना–प्रविधि उपयोग, प्रजनन–जन्म इतिहास, पछिल्लो बच्चा जन्माउँदाको चाहना, मातृ तथा नवजात शिशु स्वास्थ्य, सुत्केरीपछिको आमा र नवजात शिशुको स्याहार, बिमारीका लक्षण, गर्भनिरोध, अपरिपूर्त माग, घरेलु हिंसाप्रति धारणा, विवाह, एचआइभी/एड्स, सूर्तीजन्य र मदिराजन्य पदार्थको सेवन, जीवन सन्तुष्टिसम्बन्धी विवरण संकलन गरिएको थियो। साथै पाँच वर्षमुनिका बालबालिकाको व्यक्तिगत प्रश्नावलीअन्तर्गत उमेर, जन्म दर्ता, प्रारम्भिक बाल विकास, स्तनपान र शिशु स्याहार, खोपको विवरण, बिसञ्चो हुँदाको स्याहार तथा तौल/उचाइ मापन विवरण संकलन गरिएको थियो।
राष्ट्रिय योजना आयोगका सदस्य स्वणिम वाग्लेले सामाजिक सूचकमा सुधार देखिनु सकारात्मक भएको बताए। यस्ता सुधारको प्रभाव आर्थिक क्षेत्रमा परेमात्रै प्रतिव्यक्ति आय र कुल गार्हस्थ उत्पादनमा यसको प्रभाव पर्ने उनको धारणा छ। नागरिकबाट


  •  
  •  
  •