काठमाडौं, ३० साउन (ओएनएस) : जल तथा मौसम विज्ञान विभागले देशका मुख्य नदीहरुमा बाढी र वर्षाको अवस्थाबारे आफ्नो वेवसाइटमार्फत जानकारी गराउने गरेको छ ।
पानीको सतह खतराको संकेतभन्दा माथि या तल के छ र वर्षा कस्तो छ भन्ने जानकारी गराउन वेवसाइटबाट तत्काल गराउने गरिएको विभागले जनाएको छ । तीनदेखिको लगातार वर्षाले नदी तथा खोलानालामा बाढी आएको छ ।
प्रायः सबै ठूला नदीहरुमा पानीको सतह बढेको छ । नदी किनारका बासिन्दामा त्रास बढेको छ । कतिपय मानिस विस्थापित समेत भएका छन् ।
पानीको सतह खतराको संकेतभन्दा माथि छ भने रातो चिन्ह सहित खतराको साइरन बज्छ ।
विभाग अन्तर्गतको जल तथा मौसम पुर्वानुमान महाशाखाकी मौसमविद शान्ति कँडेलका अनुसार केही दिनदेखि वेवसाइट मार्फत यस्तो जानकारी दिने व्यवस्था गरिएको हो ।
यो पनि पढ्नुहोस ।
कुन नदीमा पानीको सहत कस्तो छ ? थाहा पाउनु ।
कुन क्षेत्रमा कति वर्षा भइरहेको छ ?