अर्मेनिया र अजरबैजानबीच युद्ध, कम्तीमा २३ जनाको मृत्यु

172
  •  
  •  
  •  

एजेन्सी । सीमा क्षेत्रको विवादलाई लिएर अर्मेनिया र अजरबैजानबीच युद्ध भएको छ । वर्षौँपछि अर्मेनिया र जरबैजानबिच विवादास्पद क्षेत्रलाई लिएर विवाद हुँदै आएको छ । आइतबार दुई देशबीच भएको भिडन्तमा कम्तीमा २३ जनाको मृत्यु भएको र केही घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पूर्व सोभियत युनियनका दुई देशबीच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भएको हो । सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ । तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ । सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो ।

अजरबैजानका राष्ट्रपति इल्हाम एलिइभले आइतबार नागोर्नो–काराबाख क्षेत्रमा आफूहरुको नियन्त्रण कायम हुनेमा विश्वस्त रहेको बताएका छन् ।

सम्भावित हिंसालाई नियन्त्रित गर्न भनि अजरबैजानका केही क्षेत्रमा सैन्य कानून लागु गरिएको बिबिसीले जनाएको छ । यस्तै अर्मेनिया र नागोर्नो–काराबाख क्षेत्रमा पनि सैन्य कानून लागु भएको छ ।

कोकसेस माउन्टेन क्षेत्रका विगत तीन दशकदेखि बेलाबेलामा भिडन्त हुने गरेको थियो । तर अहिलेको भिडन्तले सघन रुप लिएको हो । गएको जुलाईमा पनि सीमा क्षेत्रमा भएको भिडन्तमा कम्तीमा १६ जनाको ज्यान गएको थियो ।

त्यसपछि अजरबैजानको राजधानी बाकुमा वर्षौँ यताकै ठूलो प्रदर्शन भएको थियो । प्रदर्शनकारीले नागोर्नो–काराबाख क्षेत्र आफ्नो नियन्त्रणमा लिन माग गरेका थिए ।


  •  
  •  
  •