भारतमा विभिन्न अपराधिक गतिविधी संलग्न रहेका पासवान पक्राउ

404
  •  
  •  
  •  

काठमाडौं, ७ चैत (अाेएनएस) : विभिन्न अपराधिक गतिविधी संलग्न रहेका पासवानलाई प्रहरीले पक्राउ गरेको छ। नेपालका विभिन्न जिल्ला सहित भारतमा समेत अपराधिक घटना गराउने नाईके रहेको आरोपमा ४५ वर्षीय उमेश पासवानलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार पत्रकार सम्मेलन मार्फत अभियुक्त सर्लाही लालबन्दी नगरपालिका–२ का
पासवानलाई सार्वजानिक गरेको हो। पासवान ‘मस्ट वान्टेड’को सूचीमा रहेका ब्यक्ति हुन्।

पासवानको नेतृत्वमा गत असोज २४ गते साँझ सर्लाही पिडारी स्थित जय माँ भगवती ज्वेलर्स बन्द गरेर छिमेकी पिपरिया गाउँ स्थित घर जाँदै गर्दा नागेन्द्र साहका छोरा २७ वर्षीय सुनिल साहको गोली हानी हत्या गरि साथमा रहेको ८ तोला सुन, ४ किलो चाँदीका गरगहना एवं ४० हजार नगद लुटपाट भएको प्रहरीको दाबी छ।

रुपन्देही लगायत जिल्लामा समेत कर्तव्य ज्यान, हातहतियार, लुटपाट, खुनडाका तथा संगठित अपराध लगायत मुद्दामा पासवान फरार अभियुक्त रहेको प्रहरी उपरीक्षक (एसपी) मसाउद आलम खाँले बताए ।
भारतमा समेत विभिन्न अपराधिक घटना भएको जानकारी आएको प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए।


  •  
  •  
  •