ट्याक्सी चाहियो ? मोवाइलको बटन थिच्नुहोस

163
  •  
  •  
  •  

 रक्षा रेग्मी

काठमाडौं ,  ४ भदौ (ओएनएस) :  तपाँईलाई ट्याक्सी चाहिँदा के गर्नुहुन्छ ? चोकचोक चाहार्ने ,घण्टौ कुर्ने वा अन्य यस्तै तरिका । अव ट्याक्सीको खोजीमा चोक /चोक वा गल्ली तिर भौतारीनुपर्दैन । नत ट्याक्सी चालकसँग भाडाको ‘बाग्रेनिङ’ नै गर्नुपर्छ ।

तपाँईसँग रहेको एण्ड्रोइड मोवाइलको एउटा ‘बटन’ थिचिदिनुस, ट्याक्सी तपाँई भएको ठाउँमा आइपुग्छ । त्यस्तै ट्याक्सी चालकले पनि यात्रु खोज्न घण्टौ कुर्ने वा चाहार्ने गर्नुपर्दैन । आफु रहेको ठाँउ मोवाइल मार्फत सूचना आइपुग्छ । ईराफ्ट सोलुसन प्रालिले शुरुवात गर्न लागेको अन्भर स्मार्ट ट्याक्सी नामक एप्सले यस्तो सहजता उपलब्ध गराउने भएको हो ।

के हो अन्भर स्मार्ट ट्याक्सी ?

अन्भर स्मार्ट ट्याक्सी एक प्रकारको मोवाइल ‘एप्स’ । यो एप्लिकेशन एण्ड्रोइड मोवाइलमा ‘इन्स्टल’ गरेर ट्याक्सी खोज्ने तथा चालकले यात्रु खोज्न सक्छन् । कसरी प्रयोग गर्नेअन्भर ट्याक्सी गुगल प्लेस्टोरबाट निःशुल्क डाउनलोड गरी प्रयोगकर्ता फारम भरेर यो सेवा प्रयोग गर्न सकिन्छ ।

ट्याक्सी चालक वा व्यसायीले अन्भर स्मार्ट ट्याक्सी सञ्चालन गर्ने इरासफ्ट सोलुसनको कार्यालयमा सम्पर्क गरी आफ्नो स्मार्टफोनमा उक्त सेवा जडान गर्न सक्छन् । मोवाइलमा रहेको भू–स्थानीयकरण उपकरणको सहायताले ट्याक्सी प्रयोगकर्ताले आफू नजिक रहेका खाली ट्याक्सी पत्ता लगाउन सक्छन् भने चालकले आफ्ना यात्रु ।

यात्रुले मोवाइलमा रहेको एउटा वटन थिची आफुले चाहेको ट्याक्सी लाई अनुरोध गर्न सक्छन् । प्रयोगकर्ताले (यात्रु) गरेको अनुरोधको सूचना, यात्रु रहेको र जान चाहेको स्थान, रुट तथा दुरी सहितको विवरण ट्याक्सी चालकले आफ्नो मोवाइलमा प्राप्त गर्छ । उक्त अनुरोधलाई ट्याक्सी चालकले स्वीकार(एसेप्ट) गरेको तथा अस्वीकार(इग्नोर) गरेको सूचना प्रयोगकर्ताले प्राप्त गर्छ ।

स्वीकार गरेपछि मोवाइलमा प्राप्त नक्साका आधारमा प्रयोगकर्ता भएको ठाउँमा ट्याक्सी चालक पुग्नेछन् । त्यस्तै प्रयोगकर्ताले ट्याक्सी आफु नजिक आएको पनि मोवाइल बाट नै थाहा पाउने छन । ट्याक्सी प्रयोगकर्ता र चालकको पूर्ण विवरण हुने भएकोले सुरक्षाको दृष्टिले पनि उपयोगी हुन्छ । त्यस्तै यो सेवाबाट रात्रिकालिन समयमा पनि यात्रु सुरक्षित हुन सक्छन् ।

कम्पनीले आगामी भदौ २६ गतेदेखि हुन लागेको क्यान सफ्टेकमा यो सेवा शुरुवात गर्ने भएको छ । ‘अन्भर स्मार्ट ट्याक्सी’ नेपालभरी नै सञ्चालन हुने बताइएको छ । हाललाई काठमाडौं उपत्यकामा सञ्चालन गर्न लागिएको छ ।

ट्याक्सी सेवालाई थप मर्यादित र व्यवस्थित तथा आधुनिक बनाउने उद्देश्यका साथ सेव सुरु गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । परिक्षणकालमा एण्ड्रोइड मोवाइलमा लागु हुने यो सेवा पछि सवै अन्य मोवाइलमा पनि प्रयोग गर्न मिल्ने कम्पनीले जानकारी दिएको छ ।


  •  
  •  
  •