वैज्ञानिक हकिन्सलाई जेम्स बोण्डको चलचित्रमा खलनायक बन्ने शोख

347
  •  
  •  
  •  

stephen hawkingकाठमाडौ, १८ मंसिर(एजेन्सी) : प्रख्यात पत्रकार स्टेफन हकिन्सको महत्वकान्छा ब्रम्हाण्डको बारेमा कुनै नयाँ थ्योरी विकसित गर्ने भन्दा पनि जेम्स बोण्ड सिरिजको चलचित्रको खलनायक बन्ने रहेको छ ।

एक पत्रिकालाई उनले दिएको अन्तरवार्तामा भने, ‘मलाई के लाग्छ भने व्हिल चेयर र कम्प्युटरको आवाज उक्त भूमिकाका लागि पर्याप्त हुन्छ ।’ ७२ वर्षीय खगोल वैज्ञानिक यस पत्रिकाको जनवरी २०१५ अंकको कभर पेजमा देखिने छन् ।

हकिन्स एम्योट्रपिक लेटरल स्क्लेरोसिस(एएलएस) नामक एक लाईलाज बिरामीबाट पिडित छन्, जसको कारण उनको शरिरको गर्दनभन्दा तलको भाग चल्दैन र उनी हिडडुल गर्नका लागि व्हिलचेयरमा निर्भर रहेका छन् । १९९७ देखि उनी बोल्नका लागि कम्प्युटरको प्रयोग गर्दै आएका छन् । जसलाई उनले गालाको माशंपेशिद्धारा सञ्चालित गर्छन् ।

आफ्नो अन्तरवार्ताका क्रममा उनले आफ्नो आवाज निकै अष्पष्ट भएपछि उनले बोल्नका लागि कम्प्युटरको सहारा लिनु परेको थियो । जसले गर्दा अन्य मानिसले आफ्नो स्वर स्पष्ट सुनोस् । हकिन्सले स्पीच सिन्थेसाइजरको स्वर उनको ट्रेड मार्क भइसकेको र यसलाई बदल्न नचाहेको बताएका छन् ।

हकिन्सलाई उनले चाहे अनुसार भुमिका पाउँछन् या पाउँदैनन् जान्नका लागि धेरै समय कुर्नु पर्ने छैन् । किनकी बोण्डको चलचित्रको सुटिङ चाडै नै सुरू हुँदैछ । 


  •  
  •  
  •