उपभोक्ता ठग्दै वाइवाई

317
  •  
  •  
  •  

wai-waiविराटनगर, २९ पुस(ओएनएस) : चौधरी ग्रुपले उत्पादन गर्दै आएको वाईवाई तयारी चाउचाउले तौलमा उपभोक्ताहरुलाई ठगी गरेको पाइएको छ ।

पाँच महिनायताको मधेश बन्द र भारतले गरेको अघोषित नाकाबन्दीको फाइदा उठाउँदै चौधरी ग्रुपले वाइवाई चाउचाउ मार्फत उपभोक्तालाई ठगी गरेको पाइएको हो । वाणिज्य कार्यालय विराटनगरले उपभोक्ता ठगिएको भन्दै वाइवाई तयारी चाउचाउ उत्पादन गर्ने चौधरी ग्रुपलाई स्पष्टीकरण सोधेको छ ।

विश्व अर्वपतिहरुको सुचीमा रहेका विनोद चौधरीको चौधरी ग्रुपले वाईवाई तयारी चाउचाउ उत्पादन गर्दै आएको छ । चौधरी ग्रुपले उत्पादन गरेको चाउचाउमा तौल घटि पाइएपछि स्पष्टीकरण सोध्दै पत्र पठाइएको वाणिज्य कार्यालय विराटनगर प्रमुख नयाराज नेपालले जानकारी दिए ।

‘वाइवाईले एक प्याक चाउचाउको तौलमा १० ग्राम कम गरेको पाइएपछि स्पष्टीकरण सोधिएको नेपालले बताए । उनले भने, ‘तौल घटाउनुको कारण माग्दै १५ दिन अघि पत्र पठाएका छौ ।’ नाकाबन्दीको मौका छोपी १५ रुपैयामा पाइने ६५ ग्राम चाउचाउ उही मुल्यमा ५ ग्राम कम गरी बिक्री गर्ने गरेको नेपालले जानकारी दिए ।


  •  
  •  
  •