ब्राजिललाई मेक्सिकोले बराबरीमा रोक्यो

136
  •  
  •  
  •  

काठमाडौं, असार ४ – विश्वकप फुटबल अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा मेक्सिकोले आयोजक ब्राजिललाई बराबरीमा रोकेको  छ । बुधबार बिहान फोटेलेजामा भएको खेलमा मेक्सिको  र ब्राजिल गोलरहित बराबरीमा रोकिएपछि दुबैले अंक बाडे ।
लगातार केही गोल गर्ने अवसर गुमाएपछि दोस्रो खेलबाटै दोस्रो चरण सुनिश्चित गर्ने दुबैको इच्छा पुरा भएन। यससँगै समूह ‘ए’ का यी दुवै टिमको समान चाररचार अंक भएको छ । गोल अन्तरमा भने ब्राजिल अगाडि छ ।

सोही समूहका क्यामरुन र क्रोएसिया अंकविहीन छन् । ब्राजिलले आफ्नो पहिलो खेलमा क्रोएसियालाई ३-१ ले हराएको थियो ।

मेक्सिकोले आफ्नो पहिलो खेलमा क्यामरुनलाई १-० ले पाखा लगाएको थियो । सन् २०१२ को ओलम्पिकमा पनि मेक्सिकोले ब्राजिललाई पराजित गरेको थियो। गत वर्ष कनफेडेरेसन कपमा भने ब्राजिलले मेक्सिकोलाई हराएको थियो ।

एजेन्सी


  •  
  •  
  •