राष्ट्रप्रमुखहरु रिट्रीटका लागि धुलिखेलमा

170
  •  
  •  
  •  

काठमाडौं ११ मंसिर (ओएनएस):

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलनमा सहभागी सदस्य देशका राष्ट्राध्यक्ष÷ सरकार प्रमुख आज रिट्रीटका लागि  धुलीखेल पुगेका छन् । बिहान उनीहरु हेलिकोप्टरबाट राजधानी काठमाडौँबाट ३० किलोमिटर पूर्व काभ्रेको धुलिखेल  उडेका हुन् । धुलीखेल नगरपालिका–१ स्थित भट्टेडाँडामा रहेको द्वारिकाज होटेलमा विशिष्ट पाहुनाहरु रिट्रिटको व्यवस्था मिलाइएको छ। रिट्रिटलाई सार्कको एउटा नियमित प्रक्रिया र आर्कषणको रुपमा लिइन्छ । सार्कको औपचारिक मञ्चमा द्विपक्षीय मुद्दा उठाउन नमिल्ने परम्परा रहेको कारण पनि रिट्रिटले बढी चर्चा पाउने गर्छ । अपरान्ह दुई बजेसम्म रिट्रिट चल्ने छ ।

धुलिखेलमा लन्च लिएर सम्मेलनको समापन समारोहमा भाग लिन सार्क राष्ट्रका प्रमुखहरु काठमाडौं आउने छन् । रट्रिटका रिट्रिटका लागि बुधबारदेखि सुरक्षाजाँच र निगरानीलाई कडा तुल्याइएको छ । रिट्रिटमा प्रधानमन्त्री सुशील कोइराला, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ,श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनसहित अन्य केही विशिष्ट पाहुनाहरु सहभागी हुनेछन् ।

dwarika
रिट्रिटका समयमा सहभागी राष्ट्र/सरकार प्रमुखबीच खुलेर एक आपसमा भलाकुसारी गर्दै आपसी हितमा मात्र सीमित नरही द्विपक्षीय समस्याका गाँठो फुकाउने अवसर पनि मिल्छ । दुईदिने शिखर सम्मेलनमा व्यस्त कार्यतालिकाको चापलाई पन्छाएर केही समय विश्रामका लागि फुर्सद निकाल्ने चलन रहेको छ । रिट्रिटमा रिफ्रेशमेन्टसँगै केही अनौपचारिक सम्वाद पनि हुनेछ ।

सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुलाई सेनाको हेलिकोप्टरमा धुलिखेल लैजाने तयारी सरकारको छ। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको टिम भने भारतबाटै ल्याएको हेलिकोप्टरमा धुलिखेल जाने कार्यक्रम तय भएको छ । सुरक्षाका लागि हवाई गस्ती र हवाई स्कटिङ गरिनेछ । तीनसय रोपनीमा फैलिएको होटल द्वारिकाजबाट उत्तरी क्षेत्रमा फैलिएको मनोरम हिमशृङ्खला, पहाडी भू–भाग र जनजीवनको सजिलै अवलोकन गर्न सकिन्छ । अत्याधुनिक सुविधा सम्पन्न सो होटलमा विशेषत पाहुनालाई स्थानीय उत्पादनका परिकार उपलब्ध गराउँदै आएको छ ।

हसिना सोल्टीमै

स्वास्थ्यमा समस्या देखिएपछि सार्क सम्मेलनमा एममात्र महिला प्रमुख बगलादेशका प्रधानमन्त्री शेख हसिना धुलीखेल जानु भएको छैन । दिउँसो १२ बजेसम्म अपुग्ने बताइएपनि टुङगो लागेको छैन ।


  •  
  •  
  •