भ्रष्टाचार मुदामा पक्राउ परेका उद्योगी पाण्डेलाई आम माफी

139
  •  
  •  
  •  

काठमाडौ, १२ साउन(ओएनएस) :  भ्रष्टचार मुद्धामा जेल चलान भएका उद्योग वाणिज्य महासंघका तत्कालिन अध्यक्ष प्रदीपजंग पाण्डेले आम माफि पाएका छन् । राष्ट्रपति डा. रामबरण यादवले मन्त्रीपरिषद्को सिफारिसमा पाण्डेलाई भ्रष्टाचार मुद्धामा माफी दिलाएका हुन् ।

पञ्चायतकालमा भ्रष्टचार मुद्दामा भएको फैसलाअनुसार पाण्डेको एक बर्ष नौ महिना २७ दिन जेल सजाय र सात लाख ४३ हजार पाँच रुपैयाँ जरिवाना भुक्तानी बाकी रहेको भन्दै पाण्डेलाई काठमाडौं जिल्ला अदालतले कैदी पुर्जी थमाएको थियो ।

तर पाण्डेले सर्वोच्च अदालतमा आन्तरिम आदेशका लागि रिट दायर गरे पनि सर्वोच्चले रिट खारेज गरे पछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

चार महिनाअघि पक्राउ परेका पाण्डेलाई राष्ट्रपतिले सोमबार माफी दिएको राष्ट्रपति कार्यालयले  जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा पाण्डेलाई आम माफी दिएको उल्लेख छ । विज्ञप्तीमा पाण्डेसँगै २१ जना व्यक्तिले आम माफी पाएका हुन् । यससँगै अब पाण्डे जेलमुक्त हुने भएका छन् ।


  •  
  •  
  •