भ्रष्टाचार गरेकालाई परिषदमा पुनर्बहाली गरिएको भन्दै असन्तुष्टि

237
  •  
  •  
  •  

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले अदालतले भ्रष्टाचार गरेकाहरुलाई पनि राष्ट्रिय खेलकुद परिषदमा पुनर्बहाली गर्ने गरिएको भन्दै असन्तुष्टि जनाइएका छन् ।

आइतबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५’ माथिको दफावार छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

उनले अदालतले पुनर्बहाली गर्न नसक्ने गरी भ्रष्टाचारलगायतका गलत काम गर्ने परिषदका पदाधिकारीलाई कारबाही गर्न सक्नेगरी कानुनी व्यवस्था गर्न आवश्यक सुझाव दिन समेत राष्ट्रिय सभाका सांसदहरुलाई आग्रह गरे ।

गम्भीर गल्ती गरेकाहरुलाई परिषदबाट हटाए पनि अदालतको आदेशबाट पुनर्बहाली हुने गरेको उनले भनाइ छ ।
बैठकमा समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले राष्ट्रिय खेलकुद परिषदमाथि नियन्त्रण गर्ने प्रयास नगर्न सरकारलाई सचेत गराएका थिए ।

अधिनायकवादको आरोप लागेको सरकारले राष्ट्रिय खेलकुद परिषदलाई पनि नियन्त्रण गर्नेगरी विधेयक ल्याएको उनले आरोप लगाए ।

बैठकमा समितिका अर्का सदस्य राधेश्याम अधिकारीले खेलकुद क्षेत्रमा काम गर्न सक्नेहरुलाई मात्रै राष्ट्रिय खेलकुद परिषदमा नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।


  •  
  •  
  •