भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनमा होमिन सभापति देउवाको आग्रह

119
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार इतिहासकै भ्रष्ट भएको आरोप लगाएका छन् ।

फाइल तस्बिर

नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवस कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै देउवाले ओली सरकारबाट जनता प्रताडित भएको आरोप लगाए ।

देउवाले मनपरी ढंगबाट सञ्चालित सरकारलाई नेपाली कांग्रेसले लगाम लगाउने उद्घोष पनि गरे ।
कानुनविपरित मनपरि चल्ने छुट सरकारलाई नभएको भन्दै उनले जनताको कर खाएर जनताको काम नगर्ने सरकारका विरुद्ध कांग्रेसले जागरण अभियान सञ्चालन गरेको बताए ।

कांग्रेस महामन्त्री डा. शंशाक कोइरालाले कम्युनिष्ट सरकारले देशलाई खोक्रो बनाएको आरोप लगाए ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहले मुलुकका लागि केही नगर्ने सरकार प्रचारमुखी मात्र भएको बताए ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत, नेविसंघका संस्थापक अध्यक्ष विपीन कोइरालालगायत नेवि संघका पूर्वअध्यक्षहरुले नेपाल विद्यार्थी संघले राजनीतिक परिवर्तनमा खेलेको भूमिकाबारे जानकारी गराए ।


  •  
  •  
  •