उपराष्ट्रपतिको लागी भएको मतदान सम्पन्न…(फोटोफिचर)

242
  •  
  •  
  •  

काठमाडौँ, १४ कात्तिक(ओएनएस) : नेपालको दोस्रो उपराष्ट्रपतिका लागि भएको निर्वाचन सम्पन्न भएको छ । व्यवस्थापिका संसदको बैठकमा आज बिहान ११ बजेदेखि सुरू भएको मतदान अहिले २ बजे सम्पन्न भएको हो ।

मतदानमा सबै सांसदहरूले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नन्दकिशोर पुन पासाङ र विपक्षी नेपाली कांग्रेसका उम्मेदवार अमियकुमार यादवमध्ये एकलाई मतदान गरिसकेका छन् । मतपत्र अब साँढे २ बजेदेखी गणना गर्न सुरू गरिने संसद सचिवालयले जानकारी दिएको छ । मतगणना सकिएपछि आजै साँझ ५ बजे बस्ने संसद बैठकले मतपरिणाम सार्वजनिक गर्नेछ ।

उपराष्ट्रपतिमा निर्वाचित हुन तत्काल कायम रहेका कुल सदस्य संख्या पाँच सय ९७ को बहुमत कम्तीमा दुई सय ९९ मत ल्याउनुपर्नेछ ।

voting for vice prez (1) voting for vice prez (10) voting for vice prez (9) voting for vice prez (8) voting for vice prez (7) voting for vice prez (6) voting for vice prez (5) voting for vice prez (4) voting for vice prez (2)


  •  
  •  
  •