भेटिए हराएका मतदाता

174
  •  
  •  
  •  

कञ्चनपुर, २५ चैत्र (ओएनएस) : फोटो सहितको मतदाता नामावली संकलन तथा दर्ता गर्ने कार्यक्रम २०७१ सम्पन्न भएको छ । फागुन १ गतेवाट सुरु भएको कार्यक्रममा २,५८६ जना महिला र २,५९५ जना पुरुष गरी ५,१८१ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी केशव सिंह भण्डारीले अघिल्लो पटक छुटेका मतदाताले नाम लेखाएको बताए ।
भिमदत्त नगरपालिकामा ९१५ जना, बेलँैरी नगरपलिकामा १४५७ र पुर्नवास नगरपालिकामा १४५६ जनाको नाम दर्ता गरिएको छ । यस्तै साविक झलारी गाविसमा ७२, साविक पिपलाडी गाविसमा ९२ जना, साविक दोधारा गाविसमा २४८ जना, साविक चादनी गाविसमा ९७ जना,सुडा गाविसमा ५२ , दैजीमा ६९,कृष्णपुरमा १०५, देखतभुलीमा १३३, वेलडाडीमा १३५, रौतेलिविचवा ८०,रैकवारविचवा २९, वाइसेविचवा १५३ र शंकरपुर गाविसमा ४७ जनाको नाम दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर प्रकाश भट्टले जानकारी दिए ।
निर्वाचन कार्यालय कञ्चनपुरले दर्ता कार्यक्रम सगै २०७१ पौष मसान्त सम्मको मतदाता नामावलीमा मतदाताहरुले पेश गरेको निवेदनको आधारमा त्रुटी सच्याउने कार्य समेत गरेको थियो। जिल्लाका प्रत्येक गाविस तथा नगरपालिकाका वडाहरुमा गरी ५७ ठाउमा दर्ता स्थल कायम गरी दर्ता कार्य कार्यक्रम सम्पन्न भएको छ ।
राष्टिय परिचय पत्र विभिन्न राष्ट्रिय निर्वाचन ,जनमत संग्रह, स्थानिय निकायको निर्वाचन लगायत प्रयोजनका लागी फोटो सहितको मतदाता नामावली तथा अद्यावधिक कार्य गरिएको हो । निर्वाचन आयोगले निर्वाचनमा हुने गरेका त्रुटी सच्याउन र मतदाता नामावली अद्यावधिक गर्न फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कामको वि. स. २०६७ भदौ २८ गते देखी नै थालनी गरेको हो । उमेरले १६ वर्ष पुगेपछी नागरिकता प्रमाणपत्र लिन र मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने भएपनि मतदाता वन्नका लागी १८ वर्ष पूरा भइ मतदाता नामावलीमा नाम दर्ता हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।


  •  
  •  
  •