भोटेकोशीको शेयरमा नेत्रविक्रम चन्दको आँखा !

213
  •  
  •  
  •  

चौतारा, १३ फागुन (ओएनएस) :  भोटेकोशीको शेयर विभाजनमा विरोध गर्दै नेत्रविक्रम चन्द्य नेतृत्वको माओवादीले सिन्धुपाल्चोक बन्द गराएको छ । भोटेकोशी पावर कम्पनी र पाँच राजनितिक दलबिच भएको ६ बुँदे सहमती खारेजीको माग गर्दै चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण आज बिहानैदेखि सिन्धुपाल्चोकबाट कुनै पनि सवारीसाधन काठमाण्डौ भित्रिएका छैनन् भने काठमाण्डौबाट पनि सिन्धुपाल्चोक आउन सकेका छैनन् । बन्द सफल पार्न भन्दै माओवादीका कार्यकर्ताहरु चोकचोकमा जम्मा भएका छन् । गत पुस ९ गते भोटेकोशी कम्पनी र ५ राजनीतिक दलबीच स्थानीयलाई ६ प्रतिशत सेयर दिने गरी कम्पनी र राजनीतीक दलबीच भएको सहमति जनबिरोधी र जनघाती भएको भन्दै सहमती खारेजीको माग गर्दै दबाबस्वरुप बन्दको आह्वान गरेको हो ।

आयोजनाले दिने शेयर कुनै राजनितिक दल बिशेषलाई नभई समानुपातिक ढङगबाट लक्षित बर्गसम्मको पँहुच पुग्ने गरी बितरण गरिनु पर्ने, डलरमा भएको पिपीए सम्झौता तत्काल खारेज गरी सर्वसुलभ विद्युत सेवा उपलब्ध गराउनु पर्ने तथा स्थानीयलार्य ६ प्रतिशत नभई २० प्रतिशत सेयर दिनुपर्ने माग पनि गरेका छन् । सहमति भएपछि पाँच महिनादेखि अबरुद्ध भोटेकासीको निर्माण कार्य सुचारु भएको थियो ।


  •  
  •  
  •