कांग्रेस निर्वाचनको मतगणना आज सकिने

337
  •  
  •  
  •  

काठमाडौँ, १ चैत्र(ओएनएस) : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि भएको निर्वाचनको मतगणना आज सकिने भएको छ । निर्वाचन समितिले आजसम्म सबै मतपरिणाम सार्वजनिक भइसक्ने जनाएको छ ।

खुलातर्फका २५ सदस्य र प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ सदस्यको परिणाम आउन बाँकी छ । खुला तर्फको २७ सय ५० सय मतको गणना आइतबार साँझसम्म गरिएको छ र बाँकी मतको गणना आज सकिने कांग्रेस निर्वाचन समितिले जनाएको छ । यस्तै, प्रदेशतर्फको १४ सय मत गणना भएको छ ।

खुलातर्फको २८ सय मत गणना गर्दा डा. शेखर कोइराला अग्रस्थानमा छन् । यस्तै, खुमबहादुर खड्का दोस्रोमा र तेस्रो स्थानमा प्रकाशमान सिंह छन् । त्यसैगरी रमेश लेखक, पूर्णबहादुर खड्का, कुलबहादुर गुरुङ, प्रदीप गिरी, प्रदीप पौडेल, बालकृष्ण खाँड, विमलेन्द्र निधि, धनराज गुरुङ र महेश आचार्य अगाडि छन् ।

अहिलेसम्मको मत परिणाम हेर्दा खुलातर्फका २५ सदस्यमध्ये शेरबहादुर देउवा पक्षका १४ जना र रामचन्द्र पौडेल पक्षका ११ जना अगाडि देखिएका छन् ।


  •  
  •  
  •