एपीएफ, पुलिस र पश्चिमान्चल सेमिफाइनलमा

395
  •  
  •  
  •  

काठमाडौ, २७ पुस (ओएनएस)  : ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता’ अन्तर्गत आइतबारको खेलमा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल टिम विजयी हुँदै अन्तिम चारमा पुगेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको पहिलो खेलमा नेपाल एपीएफ क्लबले श्री चण्डेश्वरी युवा क्लब रामेछापलाई २५–७, २५–११ र २५–८ को सोझो सेटमा पराजित गरेको छ ।

नेपाल पुलिस क्लबले २५–६, २५–६ र २५–७ को फराकिलो अन्तरले ढोरपाटन स्पोटर््स टेनिङ्ग सेन्टरलाई पराजित गरेको छ ।
अर्को खेलमा पश्चिमाञ्चल भलिबल टिमले न्यू डाइमण्ड एकेडेमीलाई २५–२३, २५–२२, २२–२५, १३–२५ र १५–१२ ले पराजित गरेको छ ।

आइतबार भएका खेलहरुमा एपीएफ क्लबकी सरस्वती चौधरी, पुलिस क्लबकी कोपिला उप्रेती र पश्चिमाञ्चल भलिबल टिमकी मन्जु गुरुङ्ग वमेन अफ द म्याच भएका छन ।

विजयी टिमसहित न्यू डाइमण्ड एकेडेमी समेत सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेल नेपाल एपएिफ क्लब र न्यू डाइमण्ड एकेडेमी बीच तथा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल टिम बीच हुने छ ।


  •  
  •  
  •