उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने

970
  •  
  •  
  •  

volliball

काठमाडौं, ८ भदौ (ओएनएस) : चिरप्रतिद्धन्दि डिफेन्डिङ च्याम्पियन शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय टिम नेपाल एपिएफ क्लब पोखराको लामा चौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

बुधबार भएको सेमीफाइनलमा डिफेन्डिङ च्याम्पियन शिवम् न्यु डायमण्डले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई सोझो सेटमा पराजित गर्दै पाँचौँ पटक उपाधि नजिक पुगेको छ ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरको इन्द्रराज्य लक्ष्मी माविमा भएको सेमीफाइनलमा शिवम् न्यु डायमण्डले पश्चिमाञ्चललाई २५–१६,२५–१९ र २५–१७ ले हराउँदै लगातार पाँचौँ पटक फाइनलमा स्थान बनायो ।

जितपछि सिवम् न्यूडायमण्डका प्रशिक्षक कुमार राईले आफुहरु सँधैजस्तै यो पटक पनि उपाधिकै लागि खेल्ने बताए ।
उनले आफ्नो डिफेन्स लाइन अप राम्रो रहेको भन्दै खेलाडीहरुले संयम्ता पुर्वक खेलेमा जित आत्मासाथ गर्ने बताए । यद्धपि खेल प्रतिष्पर्धात्मक हने उनको विश्वास छ ।

त्यस्तै बुधबारनै भएको अर्को सेमीफाइनलमा शसस्त्र प्रहरी बलको एपिएफले अर्को विभागिय डर्वि नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै डायमण्ड विरुद्धको भेट तय गर्यो ।

एपिएफले पुलिसमाथि २५–१०,२५–२१ र २५–२० को कौ जित निकाल्यो । पहिलो संस्करणदेखि नै फाइनलमा पुग्दै आएको एपिएफ छैटौँ संस्करणमा पनि फाइनलमा प्रवेश गरेको छ ।

यद्धपि एपिएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले आफुहरु यो पटक पुरानो नतिजाको अन्तको पर्खाइमा रहेको बताए । यसअघि एपिएफले वर्षात् कारणले मंगलबार स्थगित भएको लिगको खेलमा बुधबार पश्चिमाञ्च र जाउलाखेललाई सोझो सेटमा पाखा लगाएर अन्तिम ४ मा स्थान बनाएको थियो ।

बुधबारको पहिलो लिगमा पश्चिमाञ्चललाई २५–११, २५–९ र २५–१५ ले पाखा लगाएको एपिएफले दोस्रो खेलमा जाउलाखेललाई २५–६,२५–९ र २५–७ ले हराउँदै समूह विजेताको रुपमा पुलिससँगको भेट पक्का गर्यो ।

प्रतियोगिताको विजेताले ७५ हजार, उपबिजेताले ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुनेले २० हजार र सान्त्वना हुनेले १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


  •  
  •  
  •